गरिमा विकास बैंक Garima Bikas Bank Limited ले देशका विभिन्न ११ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो स्थापनाको १२ औं बर्ष पूरा गरी १३ औं बर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।
जस अनुसार बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरु स्याङ्गजाको वालिङ्ग, रुपन्देहीको बुटवल, म्याग्दीको वेनी, चितवनको नारायणगढ, झापाको विर्तामोड र दमक, सुनसरीको धरान, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रबाट ५०० युनिटभन्दा बढी रगत संकलन भएको बैंकले जनाएको छ ।
बैंकको हाल ९० शाखा र ४९ वटा एटीएमबाट सेवा प्रदान गर्दै आएको छ । २०७६ मंसीर ६ गतेसम्म विकास बैंकले करिब ३६ अर्ब निक्षेप संकलन गरी ३२ अर्ब कर्जा लगानी गरेको छ ।