ग्लोबल आइएमई बैंकले ३ दिन मै घरकर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2019 | 06:27:04 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले नयाँ घरकर्जा योजना ल्याएको छ । बैंकले  बैदेशिक रोजगारमा गएका तथा विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरी  'आइएमई जन्मभूमि घर कर्जा योजना' ल्याएको हो ।

योजना अन्तर्गत वैदेशिक रोजगारमा गएका कामदार, विदेशमा बस्ने नेपालीहरु र तिनका परिवारका सदस्यलाई आबश्यक कागजात पेश गरेको तीनदिनभित्र बैंकले घर कर्जा उपलब्ध गराउने छ । बैदेशिक रोजगारबाट प्राप्त आयको आधारमा भारत सहित विभिन्न देशमा बस्ने नेपालीहरुका परिवारलाई उक्त कर्जा प्रदान गरिने बैंकले जनाएको छ । यस योजनाले रेमिट्यान्सलाई बैंकिङ्ग च्यानलबाट भित्र्याउन समेत मद्दत पुग्ने बैंकको विश्वास छ । 

बैंकले १५० वटा शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर, १५० वटा एटीएम, १९४ वटा शाखारहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved