आईएसओ प्रमाणपत्र पाउने पहिलो मर्चेण्ट बैंकर बन्यो एनआईशी एशिया क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2019 | 10:04:29 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटल NIC Asia Capital Ltd  ले अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१:२०१५ प्रमाणपत्र पाएको छ। यस संगै एनआईसी एशिया आईएसओ प्रमाणपत्र प्राप्त गर्ने पहिलो मर्चेण्ट बैंकर बनेको छ  । 

 अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय सेवा दिए वापत क्यापिटल यो प्रमाणपत्र पाएको हो   । क्यापिटलले आफ्नो सेवामा निरन्तर समयसापेक्ष सुधार तथा विकास गर्दै प्राप्त मान्यतालाई निरन्तरता दिई सेवाग्राहीमूखी छिटो छरितो र उच्च कोटीको सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । 

क्यापिटलले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी  वाहरु प्रदान गर्दै आईरहेको छ । साथै क्यापिटलले एनआई सी एशिया बैंक म्युचुअल फण्ड अन्तरर्गतको सामूहिक लगानी कोष योजना “एनआई सी एशियाग्रोथ फण्ड” तथा“एनआई सी एशिया ब्यालेन्सड् फण्ड” संचालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved