ग्लोबल र जनता बैंकको एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2019 | 04:22:20 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंक Global IME Bank Limited  र जनता बैंक Janata Bank Nepal Limited  को एकिकृत कारोबार आगामी मङ्सिर २० गतेदेखि हुने भएको छ। राष्ट्र बैंकले मर्जरमा जान अन्तिम स्वीकृति दिएसंगै बैंकले एकिकृत कारोबार मिति तय गरेको हो । नेपाल राष्ट्र बैंकको यसै साता बसेको  संचालक समितिको बैठकले मर्जरको लागि अन्तिम स्वीकृत दिएको हो । 

 मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ।  जुन नेपालकै ठूलो बैंक बन्नेछ । बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १० अर्ब भन्दा बढी र कुल कर्जा लगानी करिब २ खर्ब पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्जाल करिब ३०० तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ । बैंकमा  ३ हजार २५० भन्दा बढी कर्मचारीहरु रहने छन् । त्यस्तै बैंकको २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर ३ वटा बैदेशिक सम्पर्क कार्यालय र करिब २० लाख ग्राहक संख्या रहने छन् । 

मर्जपछि बन्ने बैंकको  सञ्चालकमा ग्लोबलको पाँच जना र जनताबाट दुई जना  आउने छन्। बैंक अध्यक्षमा चन्द्रप्रसाद ढकाल रहने छन् भने पर्शुराम कुँवर क्षेत्री प्रमुख कार्यकारी अधिकृत रहने छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved