माछापुच्छ्रे बैंकका कर्मचारीमाथि साङ्घातिक आक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2019 | 08:24:46 AM मा प्रकाशित

laxmi  sunrise bank

अज्ञात समूहले कञ्चनपुरको पुनर्वास नगरपालिकाको आइबीआरडी बजारमा माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  का कर्मचारीमाथि साङ्घातिक आक्रमण गरेको छ । आक्रमणबाट बैंकमा कार्यरत प्रवीन भट्ट र शारदा पन्त घाइते भएका छन् ।

दुवै जनाको टाउको र मुखमा चोट लागेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । बैंकका व्यवस्थापक भट्टलाई उपचारका लागि काठमाडौँ लगिएको छ । पन्तको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी उपरीक्षक आचार्यका अनुसार स्कुटरमा आएका तीन जनाले दुवै कर्मचारीलाई पुनर्वासबाट धनगढी आउने क्रममा आक्रमण गरेका हुन् । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved