सिभिल बैंक Civil Bank Limited र हेल्भेटास स्वीस इन्टरकर्पोरेशनबीच कृषि व्यवसायलाई आधुनिकिकरण गर्नेबारे सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र हेल्भेटाको तर्फबाट राष्ट्रिय निर्देशक डा. भरत कुमार पोखरेलले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार हेल्भेटास स्वीसले प्रदेश नं. २ र कर्णाली प्रदेश भित्रका स्थानीय कृषकहरुलाई प्राविधिक तालिम प्रदान गर्नुका साथै कृषि वजारलाई व्यवस्थित गर्न कार्य गर्ने छ। त्यस्तै बैंकले वित्तीय साक्षरता प्रदान गर्दै उक्त क्षेत्रमा शाखारहित बैकिङ्ग सेवा मार्फत बैकिङ्ग सेवा प्रदान गर्ने छ ।
प्रदेश नं.२ र कर्णाली प्रदेश भित्रका वित्तिय पहुँच नपुगेका स्थानीय निकायहरुमा वित्तीय पहुँच पु¥याउनुका साथै शीप प्रवद्र्धन, व्यावसायिक कृषि तथा उत्पादनमुलक तालिम प्रदान गरी उक्त क्षेत्रको कृषि व्यवसायलाई आधुनिकिकरण तथा वजारीकरण गर्ने विषयमा सम्झौता भएको हो ।