माछापुच्छ्रे बैंक मास्टर कार्ड प्रणालीमा आवद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2019 | 08:31:48 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  मास्टर कार्डको सञ्जालसंग आवद्ध भएको छ । यस संगै बैंकका सम्पूर्ण एटिएम तथा प्वाइन्ट अफ सेल्स मसिनमा   मास्टर कार्ड चल्ने भएको छ । विशेषगरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै मास्टर कार्डसंग आवद्ध भएको बैंकले जनाएको छ ।

मास्टर कार्ड भएका ग्राहकले बैंकको १७० भन्दा बढि एटिएम मार्फत नगद निकाल्न तथा १ हजार भन्दा बढि प्वाइन्ट अफ सेल्स मार्फत सामान खरिदको रकम भुक्तानी गर्न सक्नेछन् । बैंकले छिटै नै आफ्ना ग्राहकहरुलाई मास्टरकार्ड जारी गर्ने समेत जनाएको छ । मास्टर कार्ड सँगै बैंकका एटीएम र प्वाइन्ट अफ सेल्सहरुमा भीसा, यूनियन पे , मास्टरकार्ड  र मेस्ट्रो कार्डहरु सजिलै प्रयोग गर्न सकिने बैंकले जनाएको छ । 

 बैंकले १४४ वटा शाखाहरु, १३७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १७० वटा एटीएमहरु मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved