सानिमाका सीइओ दाहाल बन्ने भए बैंकर्स संघको अध्यक्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2019 | 03:39:57 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघको आगामी १९ गते हुने साधारणसभाले नयाँ नेतृत्व चयन गर्दै छ। साधारणसभाले अगामी २ वर्षको लागि नयाँ कार्यसमिति चयन गर्न लागेको हो ।

आगामी २ बर्षको लागि सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाललाई अध्यक्ष बनाउने सहमति भएको स्रोतले जनाएको छ। संघका वर्तमान अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले सर्वसम्मत भए आफु दोहोरीन तयार रहेको बताएका थिए । उनले आफुलाई अर्थमन्त्रीले पनि एक कार्यकाल अझै बस्न सुझाव दिएको भन्दै संघको बैंठकमा थप एक कार्यकालको लागि नेतृत्व प्रदान गर्न आग्रह समेत गरेको एक बैंकरले बिजपाटीलाई बताएका थिए । तर संघमा एक ब्यक्तिले दुई कार्यकाल दोहर्योउने भन्दा नयाँ ब्यत्तिलाई अवसर दिनुपर्ने मत उठेपछि उनी ब्याक भएका हुन् । यस संगै दाहालको नाममा सहमति भएको स्रोतले जनाएको छ ।

संघमा उपाध्यक्षलाई अध्यक्ष बनाउने अनौपचारीक सहमति भएपनि वर्तमान उपाध्यक्ष नेपाल एसवीआई बैंकका अनुकुल भट्नागरले अध्यक्ष नबन्ने जनाएका थिए । साथै सरकारी निकायबाट पनि सकेसम्म विदेशी नागरीकलाई अध्यक्ष नबनाउन सुझाव आएको भन्दै संघमा अध्यक्षको खोजी भएको थियो ।

संघका पुर्व अध्यक्ष अनील केशरी शाहले सुरुमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीलाई अध्यक्ष बन्न प्रस्ताव गरेका थिए । तर क्षेत्रीले बैंकको मर्ज प्रक्रियामा रहेको र त्यपसछी पनि मर्जरलाई ब्यबस्थित बनाउन चुनौति हुने हुनाले संघमा समय दिन नभ्याउने भन्दै अध्यक्ष बन्न अस्वीकार गरेको स्रोतको दाबी छ । संघ भित्रबाट अनिल केशरी शाहलाई पनि अध्यक्ष बन्न प्रस्ताव आएको थियो । ठुलो बैंकको सिइओलाई अध्यक्ष बनाउन सके संघको सबै क्षेत्र र बैंकहरुलाई मिलाएर अगाडी लैजाने सक्ने भन्दै यस्तो प्रस्ताव आएको थियो । अघिल्लो कार्यकालमा पुरा समय काम गर्न नपाएका शाह अध्यक्ष बन्न  उपयुक्त पात्र भएको अन्य बैंकहरुले बताएका थिए । यस विषयमा बिजपाटीले शाहलाई प्रश्न गर्दा आफ्नो कुनै मनासाय नरहेको तर साथिहरुले भने प्रस्ताव गरिरहेको उनले बताएका थिए । 

क्षेत्रीले अध्यक्ष बन्न अस्विकार गरेपछि शाहले सानिमा बैंकका दाहाललाई अध्यक्ष बन्न प्रस्ताव गरेको स्रोतले जनाएको छ  । दाहाललाई अध्यक्ष बनाउने प्रस्तावमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत तथा संघका सल्लाहकार समेत रहेको अशोक शमशेर जबरा र बैंक अफ काठमाण्डुको सिइओ शोहन देव पन्त लगायतले पनि समर्थन गरेका छन् ।  पाका बैंकरहरुले आग्रह गरेपछी दाहाल अध्यक्ष बन्न तयार रहेको बुझीएको छ । 

यस विषयमा दाहललाई प्रश्न गर्दा साथिहरुबाट प्रस्ताव आएको भन्दै मंगलबार मात्रै थप कुरा प्रस्ट हुने बिजपाटीलाई बताए । लगातार दुई कार्यकाल संघको कार्यकारी सदस्य बनेका दाहाल यसअघि नै संघको उपाध्यक्ष बन्ने योजनामा थिए । तर एसविआई बैंकका सिइओ भट्नागरलाई उपाध्यक्ष बनाउने भएपछि दाहाल विधानमा भएको ब्यबस्था अनुसार कार्यकारीणी सदस्यबाट बाहिरीएका थिए । संघ विधानमा लगातार दुई कार्यकाल भन्दा बढी संघको कार्यकारी सदस्य बन्न नपाउने ब्यवस्था छ । 

यद्यपि कसलाई अध्यक्ष बनाउने भन्ने विषयमा कार्यसमिति बैठकमा छलफल समेत नभएको संघका एक सदस्यले बताए । उनले भने '३ जनाको नाम चर्चामा छ, तर कुनै पनि नाममा सहमति जुटिसकेको छैन' । 

नयाँ नेतृत्व चयनको लागि संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माको नेतृत्वमा निर्वाचन समिति गठन भएको छ। निर्वाचन कार्यतालिका अनुसार १७ गते उम्मेदवारी दर्ता, १८ गते उम्मेदवारी फिर्ता र १९ गते निर्वाचन हुने छ । १ अध्यक्ष, १ उपाध्यक्ष र ५ जना सदस्य चयन हुन लागेको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved