सिटिजन्स बैंकले पायो 'वेस्ट एन्युल रिपोर्ट' अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2019 | 06:26:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited  साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्टस् अर्थात साफाले प्रदान गर्ने अवार्डबाट सम्मानित भएको छ । बैंक साफा बेस्ट प्रेजेन्टेड एन्नुअल रिपोर्ट अवार्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स् डिस्क्लोजर्सबाट पुरस्कृत भएको हो।

सार्क क्षेत्रमा क्रियाशील रहेका व्यवसायिक लेखा निकायहरूको छाता संगठनको रूपमा स्थापित साफाले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनहरुको मूल्यांकन गरी विभिन्न विधामा पुरस्कार प्रदान गर्दै आऐका छ ।

साफाले यो पुरस्कार वार्षिक लेखा प्रतिवेदनमा समावेश भएका उद्देश्य,जोखिम व्यवस्थापन, लेखा सम्बन्धि टिप्पणी, पारदर्शिता,जवाफदेहिता, संस्थागत सुशाशन, तथा अन्य डिस्क्लोजरका आधारमा मूल्यांकन गरी उत्कृष्ट छनौट भएको वार्षिक प्रतिवेदनलाई पुरस्कार दिने गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved