दुई संस्थालाई जनता बैंकको आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2019 | 05:51:29 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक Janata Bank Nepal Limited ले नेत्र विज्ञान अध्ययन संस्थान र वैद्यनाथ वेद विद्याश्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले अध्ययन संस्थानलाई रु. ४ लाख ५० हजार र वेदविद्याश्रमलाई रु. २ लाख ५० हजार सहयोग गरेको हो । यसै गरी बैंकले अछाम जिल्लामा रहेको वैद्यनाथक्षेत्र विकास संस्थालाई पनि अक्षयकोष प्रयोजनार्थ रु. २ लाख ५१ हजार सहयोग उपलब्ध गराएको छ ।

उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले संस्थाका संस्थापक संरक्षक सुरतबहादुर थापा, र संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक मोतिलाल बोहरालाई हस्तान्तरण गरेका हुन्। उक्त संस्थाले अछाम जिल्लाको वैद्यनाथ क्षेत्रमा बि.सं. २०५५ साल देखि वेदविद्याश्रम संचालन गरिरहेको छ । सहयोग रकम विद्याश्रममा अध्ययनरत वटुकहरुको सहयोगको लागि खोलिएको अक्षय कोषमा जम्मा गरिन संस्थाले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved