टभ राइल्यान्डबाट आईएसओ प्रमाणित हुने पहिलो बैंक बन्यो एनएमबि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2019 | 07:46:40 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक @NMB आईएसओ २७००१ः२०१३ प्रमाणपत्र पाउने पहिलो बैंक बनेको छ । जर्मनीको टभ राइल्यान्डले बैंकलाई उक्त प्रमाणपत्र प्रदान गरेको हो । टभ राइल्यान्डका प्रबन्ध निर्देशक थोमस अन्स्रट गटफ्रिद फरम्यानले एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन ।

१४५ वर्षअघि स्थापना भएको टभ राइल्यान्ड स्वतन्त्र निरीक्षण सेवा र आईएसओ प्रमाणीकरणका लागि विश्वव्यापी अग्रणी संस्था हो । आईएसओ २७००१ मापदण्डले बैंकको सूचना प्रणालीको सुरक्षाका जोखिम पहिचान, व्यवस्थापन तथा जोखिम कम गर्ने प्रक्रियाका साथै व्यवसायका लागि कार्यप्रणाली र संरचना स्थापित गरेको प्रमाणित भएको बैंकको दाबी छ । आईएसओ÷आईइसी २७००१ः२०१३ प्रमाणीकरण सूचना सुरक्षा मापदण्डहरूमा अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved