एक दिनको लागि जनता र ग्लोबल आईएमई बैंकको सम्पूर्ण सेवा बन्द हुदै

एटिएम ३० घण्टाको लागि बन्द, जनताका ग्राहकले नयाँ खाता नम्बर लिनु पर्ने
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2019 | 09:08:24 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी मङ्सिर १९ गते बिहिबार जनता र ग्लोबल आईएमई बैंकको सम्पूर्ण बैंकिंङ सेवा बन्द हुने भएको छ । मर्जपछि २० गतेदेखि एकिकृत कारोबार गर्न लागेकाले डाटा माईग्रेसन प्रयोजनको लागि दुवै बैंकको सेवा प्रभावित हुने भएको हो 

जस अनुसार मङ्सिर १८ गते जनता बैंकको अतिरिक्त तथा सन्ध्या कालिन काउन्टर सेवा बन्द रहने छ भने १९ गते सम्पूर्ण बैंकिंङ कारोबार बन्द रहने छ । साथै १८ गते साँझ ६ बजेदेखि १९ गते राति १२ बजेसम्म बैंकको एटिएम, मोबाइल बैंकिंङ , इन्टरनेट बैंकिंङ सेवा बन्द हुने छ।  

तस्तै १८ गते ग्लोबल आईएमई बैंकको पनि  अतिरिक्त तथा सन्ध्या कालिन काउन्टर सेवा बन्द हुने छ । जनता बैंकको जस्तै ग्लोबलको पनि १८ गते साँझ ६ बजेदेखि १९ गते राति १२ बजेसम्म बैंकको एटिएम, मोबाइल बैंकिंङ , इन्टरनेट बैंकिंङ सेवा बन्द हुने छ। ग्लोबलको राजश्व काउन्टरबाट संचालन हुने आरएमआईएस सेवा भने निरन्त चल्ने बैंकले जनाएको छ ।  दुवै बैंकको सम्पूर्ण सेवाहरु २० गतेबाट नियमित रुपमा सुचारु हुने छ ।  

मर्जपछि ग्लोबल आईएमई बैंकको नामबाट सेवा हुने छ । मर्जपछि हाल जनता बैंकमा खाता रहेका ग्राहकको खाता नम्बर परिवर्तन हुने भएकोले ग्लोबलको जुनसुकै शाखामा गएर नयाँ खाता लिन बैंकले आग्रह गरेको छ ।  त्यस्तै एकिकृत कारोबारपछि पनि जनता बैंकको चेकहरु नियमित नै चल्ने छ भने एटिएम म्याद नसकिएसम्म चल्ने छन् ।  जनता बैंकको इन्टरनेट बैंकिंङ लिएका ग्राहकले साविक कै युजर नेम र पासवर्डले ग्लोबलको इन्तेनेट बैंकिंङमा लग इन गरि सेवा लिन सक्ने छन् । 

मोबाइल बैंकिंङको हकमा समेत जनताको साविककै युजर नेम र पासवर्डले काम गर्ने तर ग्लोबलको मोबाइल एप डाउनलोड गर्नु पर्ने बैंकले प्रष्ट पारेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved