ग्रीन डेभलपमेण्ट बैंक Green Development Bank Limited ले पोखरामा केन्द्रीय कार्यालयको उद्घाटन गरेको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं ८ स्थित सभागृहचोकमा बैंकले केन्द्रीय कार्यालय स्थापना गरेको हो । गण्डकी प्रदेश मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङले कार्यालयको उद्घाटन गरेका हुन् ।
यस अघि बैंकको केन्द्रीय कार्यालय बाग्लुङमा रहेको थियो । बैंकले गत भदौदेखि नै केन्द्रीय कार्यालय पोखरामा सारेको थियो । अहिले कार्यालयको औपचारिक उद्घाटन भएको हो ।