माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्ज, नेप्सेमा सूचिकृत भएको छ । बैंकको वार्षिक १०.२५% व्याजदर सहित प्रति ऋणपत्र १,००० कायम भएका उक्त ऋणपत्र मङ्सिर १८ गतेदेखि नेप्सेमा सूचिकृत भएको हो ।
ऋणपत्र सूचिकृत सम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नेप्सेकोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका थिए। सूचिकरण पछि १० बर्षमा सावाँ फिर्ता हुने उक्त ऋणपत्र नेप्से मार्फत दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।
माछापुच्छ्रेले देशभर फैलिएका आफ्ना १४४ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १७१ वटा एटीएमहरु मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ ।