आज जनता र ग्लोबल आईएमई बैंकको सम्पूर्ण बैंकिंङ सेवा बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 08:59:03 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मङ्सिर १९ गते बिहिबार जनता र ग्लोबल आईएमई बैंकको सम्पूर्ण बैंकिंङ सेवा बन्द भएको छ । मर्जपछि २० गतेदेखि एकिकृत कारोबार गर्न लागेकाले डाटा माईग्रेसन प्रयोजनको लागि दुवै बैंकको सेवा प्रभावित भएको हो 

जस अनुसार आज जनता बैंकको सम्पूर्ण बैंकिंङ कारोबार बन्द छ । हिजो साँझ ६ बजेदेखि नै १९ गते राति १२ बजेसम्मको लागि बैंकको एटिएम, मोबाइल बैंकिंङ , इन्टरनेट बैंकिंङ सेवा बन्द छ।  

तस्तै हिजो देखि नै ग्लोबल आईएमई बैंकको पनि  अतिरिक्त तथा सन्ध्या कालिन काउन्टर सेवा बन्द छ । जनता बैंकको जस्तै ग्लोबलको १८ गते साँझ ६ बजेदेखि १९ गते राति १२ बजेसम्मको लागि बैंकको एटिएम, मोबाइल बैंकिंङ , इन्टरनेट बैंकिंङ सेवा बन्द छ। ग्लोबलको राजश्व काउन्टरबाट संचालन हुने आरएमआईएस सेवा भने निरन्तर चल्ने बैंकले जनाएको छ ।  दुवै बैंकको सम्पूर्ण सेवाहरु २० गतेबाट नियमित रुपमा सुचारु हुने छ ।  

मर्जपछि ग्लोबल आईएमई बैंकको नामबाट सेवा हुने छ । मर्जपछि हाल जनता बैंकमा खाता रहेका ग्राहकको खाता नम्बर परिवर्तन हुने भएकोले ग्लोबलको जुनसुकै शाखामा गएर नयाँ खाता लिन बैंकले आग्रह गरेको छ ।  त्यस्तै एकिकृत कारोबारपछि पनि जनता बैंकको चेकहरु नियमित नै चल्ने छ भने एटिएम म्याद नसकिएसम्म चल्ने छन् ।  जनता बैंकको इन्टरनेट बैंकिंङ लिएका ग्राहकले साविक कै युजर नेम र पासवर्डले ग्लोबलको इन्टरनेट बैंकिंङमा लग इन गरि सेवा लिन सक्ने छन् । 

मोबाइल बैंकिंङको हकमा समेत जनताको साविककै युजर नेम र पासवर्डले काम गर्ने तर ग्लोबलको मोबाइल एप डाउनलोड गर्नु पर्ने बैंकले प्रष्ट पारेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved