सानिमा बैंकले आफनो १५ औं बार्षिकोत्सवको अवसरमा ग्राहकको लागि विभिन्न अफरहरु ल्याएको छ । बैंकले “अफर सानिमा बैंकको, रोजाई तपाईको” नामक योजना ल्याएको हो। यस योजनामा विभिन्न डिजिटल सेवाहरु तथा सामान खरिदमा छुट प्रदान गर्ने बैंकले जनाएको छ ।
यो योजना अन्तर्गत बैंकको डिजिटल सेवाहरु जस्तै डेविट कार्ड, क्रेडिट कार्ड, ट्राभल् कार्ड, प्रायोरीटि पास, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग लगायतमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ। साथै विभिन्न रेष्टुरेन्ट तथा विधुतिय सामान र मोबाइल फोन खरिदमा समेत विशेष छुटको व्यवस्था गरेको छ । ग्राहकले २०७६ मंसिर २० देखि २२ गते सम्म यो सुबिधा उपभोग गर्न सक्ने छन् ।
बैंकले ७९ शाखा, १ एक्टेन्सन काउन्टर र ७५ ए.टि.एम. मार्फत सेवा प्रदान गर्दै आएको छ।