गभर्नरको प्रश्न 'बैकका कर्मचारीले चेक मात्रै दिए, नाेटकाे बिटाे दिए भने के गर्ने ?'

'विश्वकाे बैकिङ फाेरममा जाँदा नेपालकाे बैकिङकाे कुरा गर्न लाज लाग्छ'
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 07:50:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले अहिलेको बैंकिंङको चुनौती साइबर सुरक्षा रहेको बताएका छन् । नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर नेपालले साइबर सुरक्षामा नेपाल धेरै पछाडी रहेको बताएका हुन् । सुरक्षामा पछाडी रहेको कै कारण बेलाबेलामा विभिन्न घटना भईरहेको र सामान्य भन्दा सामान्य कुरामा पनि समस्या आएको उनले बताए । उनले भने ' बैकहरूमा स्टाफले नै अरूकाे चेकबुक दिन्छन, पहिले हामीले सुधार गरौ, एकैपटक धेरै गर्नुपर्ने अवस्था आएकाे छ ।'

उनले आगामी माघ १ गते बाट बाणिज्य बैंकहरुलाई तथा विकास बैक र फाइनान्सहरुलाई असार १ गतेबाट 'गो एएमएल' अनलाइन सिस्टमको सम्पति सुद्धिकरण निवारण प्रविधि अनिवार्य हुने बताए । उनले प्रश्न गर्दै भने ' बैकका कर्मचारीले चेक मात्रै दिए, नाेटकाे बिटाे दिए भने के गर्ने ।?'

ब्याजदर र टेक्नाेलाेजीको चुनौती देखिएर नै मर्जरको कुरा गरेको उनले बताए। उनले भने 'धेरै बैंक हुँदा पैसा पनि धेरै तिर छरिन्छ र खर्च बढेर ब्याजदर पनि बढ्छ , बैंक मर्जमा गए यो कुरो एडजस्ट हुन्छ ' ।

उनले विश्वकाे बैकिङ फाेरममा जाँदा नेपालकाे बैकिङकाे कुरा गर्न पनि लाज लाग्ने गरेको बताए । उनले भने ' यहाँ सिइओहरू हुनुहुन्छ टाइ सुट लगाउनुभएकाे छ राम्राे हुनुहुन्छ तर विदेशी फाेरममा जाँदा नेपालमा सुरू नै नभएकाे विषयमा कुरा हुन्छ त्यसैले त्यस्ताे कार्यक्रममा सहभागी हुन लाज लाग्छ ।' उनले आफु मात्र नभई डेपुटी गभर्नर र अन्य विभागिय प्रमुखहरू पनि विश्वकाे बैकिङ फाेरममा जान नाम्माने गरेको बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved