ग्लोबल आईएमई बैंक Global IME Bank Limited र जनता बैंक Janata Bank Nepal Limited को एकिकृत कारोबार सुरु भएको छ। मर्जरपछि ग्लोबल आइएमइ बैंकबाट एकिकृत कारोबार सुरु भएको हो ।
मर्जपछि बैंकको प्राथमिक पुंजी २४ अर्ब पुगेको छ भने निक्षेप् २ खर्ब १३ अर्ब भन्दा बढी पुगेको छ । त्यस्तै बैंकको कर्जा लगानी १ खर्ब ९४ अर्ब पुगेको छ। बैंक अध्यक्षमा चन्द्रप्रसाद ढकाल रहने छन् भने पर्शुराम कुँवर क्षेत्री प्रमुख कार्यकारी अधिकृत रहने छन्।