राष्ट्र बैंकका २ कार्यकारी निर्देशक विदामा, २ जना पुस दोस्रो साताबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2019 | 11:46:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका २ जना कार्यकारी निर्देशक आइतबारबाट विदामा बसेका छन । अवकाश पाउनु भन्दा १ महिना अगाडीबाट अनिवार्य बिदामा बस्ने ब्यवस्थाका कारण उनीहरु बिदामा बसेका हुन्।

बिदामा बसेका कार्यकारी निर्देशकहरुमा सरिता भट्ट (अधिकारी) र सुनील उदास रहेका छन । भट्ट विदेशी विनिमय ब्यवस्थापन विभागकी कार्यकारी निर्देशक हुन् भने उदास बित्त कम्पनी सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन्। उनीहरु दुबै ३० वर्ष कार्यकाल पुरा गरी अवकाश पाउन लागेका हुन । नेपाल राष्ट्र बैंकमा ३० वर्षे कार्यकाल पुरा गरेपछि वा ५८ वर्ष उमेहद पुरा गरि दुई तरिकाट अवकाश पाउने नीति रहेको छ ।

पुष २२ गतेबाट अवकास पाउन लागेकी भट्ट राष्ट्र बैंककै अर्का कार्यकारी निर्देशक ऋषिकेश भट्टकी सहोदर बहीनी हुन । ऋषिकेश भट्टको अझै ५ वर्षको कार्यकाल बाँकी नै रहेको छ , तर सरिता भट्टले भने ३० वर्ष सेवा अवधिको कारण अवकास पाउन लागेकी हुन्।

यस्तै अर्का कार्यकारी निर्देशकद्धय लक्ष्मीप्रपन्न निरौला र महेश्वरलाल श्रेष्ठले पनि ३० वर्ष सेवाअवधिको कारण यही माघ दोस्रो साताबाट अवकाश पाउँदैछन । जसकारण उनीहरु पनि अगामी पौष दोस्रो साताबाट विदामा बस्ने छन् ।

राष्ट्र बैंकले अनुभवि कर्मचारीहरु काम गर्ने उमेर हुँदापनि बाहीरिनु परेको र राष्ट्र बैंकलाई आर्थिक भार बढ्दै गएको भन्दै ३० बर्षे अवकाश नीति हटाउने प्रयास गरेको थियो । लोक सेवा आयोगले रोकेपछि उक्त मुद्धा सर्वोच्च अदातलमा पुगेको थियो । ३० वर्षे उमेरहदको कारण अवकाश पाएका कर्मचारीले उक्त मुद्धा सवोच्च अदालतमा पुर्याएका थिए ।

सर्वाेच्च अदालतले पनि नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएको भन्दै ३० वर्ष अवकास नीति हटाउन सक्ने फैसला गरेको थियो तर राष्ट्र बैंकले ३० वर्ष अवकास नीतिलाई भने हटाएको छैन । जसको कारण राष्ट्र बैंकको अनुभवि कर्मचारी काम गर्ने उमेर छँदै रिटार्यर्ड जीवन विताउन बाध्य भएको अवकाश पाएका कर्मचारीहरु बताउँदै आएका छन । आफुहको हकमा लागु नभएपनी राष्ट्र बैंकले अझै पनि ३० वर्ष अवकाश नीति हठाउनुपर्ने बैंकका एक पुर्व कार्यकारी निर्देशक बताउँछन ।

राष्ट बैंकभित्र पनि ३० वर्ष सेवा अवधि हटाउनेको पक्ष विपक्षमा दुई धार रहेको छ । निलम्बीत डेपुटी गभर्नर शिवराज श्रेष्ठ ३० वर्ष अवकास नीति हटाउन नहुने पक्षमा रहको र चिन्तामणी शिवाकोटी भने हटाउने पक्षमा रहेको बताइन्छ । राष्ट्र बैंकका तल्लो तहमा रहेका र बढुवाको पर्खाइमा रहेका कर्मचारी ३० वर्ष अवकास नीति हटाउन नहुने पक्षम रहेको तर अवकाश पाउने संघारमा पुग्दा तिनै कर्मचारी ३० वर्ष अवकाश नीतिमा लाग्ने गरेको स्रोतको दाबी छ ।

को बन्दैछन कार्यकारी निर्देशक ?

नेपाल राष्ट्र बैंकमा बरियताको आधारमा बढुवा हुने गर्दछ । निर्देशकहरुबाट पहिलो बरियतमा रहेका नै कार्यकारी निर्देशक बन्ने निश्चित जस्तै रहन्छ । त्यसैले राष्ट्र बैंकको आगामी कार्यकारी निर्देशक बन्ने लाइनमा कानुन विभाग प्रमुख रेवति प्रसाद नेपाल पहिलो ननम्बरमा रहेका छन । त्यस्तै रामु पौडेल, विश्रुत थापा र राम बहादुर मानान्धर पनि कार्यकारी निर्देशक बन्ने लाइनमा छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved