सिद्धार्थ बैंक Siddhartha Bank Limited ले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै “सरल एसएमई कर्जा” योजना सञ्चालनमा ल्याएकोे छ । साना तथा मझौला उद्यमीहरुले व्यक्तिगत ऋणदाताहरुबाट उच्च ब्याजदरमा ऋण लिनुको सट्टा बैंकबाटै सहज रूप कर्जा सुविधा प्राप्त गर्न सकुन भन्ने उदेश्यले यो योजना ल्याएको जनाएको छ । बैंकले यस योजना अन्तर्गत ७५ लाखसम्म कर्जा दिने छ ।
पर्यटक, कृषि संलग्न तथा महिला उद्यमीहरुका लागि लक्षित गरिएको यस योजनामा चालु पूंजी र स्थायी सम्पत्तीको ८० प्रतिशत सम्म फाइनान्सिङ सुविधा प्रदान गरिने बैंकले जनाएको छ । त्यस्तै १० वर्षसम्मको आवधिक कर्जा र निःशुल्क क्रेडिट कार्ड, एसएमएस अलर्ट, इन्टरनेट बंैकिङ्ग तथा मासिक खाता विवरण उपलब्ध हुने छ । लकर सुविधामा वार्षिक ५० प्रतिशत छुट दिईने बैंकले जनाएको छ ।
बैंकले हाल देशभर ४ एक्स्टेन्सन् काउन्टर सहित १७५ वटा शाखा, १०१ शाखारहित बैंकिङ्ग सेवा, १९४ एटिएम र १,६०० भन्दा बढी पिओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।