डेपुटी गभर्नर श्रेष्ठमाथिको छानविन प्रतिवेदन आज बुझाईदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2019 | 01:30:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ विरुद्ध छानविन गर्न बनेको समितिले आज मंगलबार प्रतिवेदन तयारी गरेको छ । समितिले छानविन सकिसकेको र आज साँझ राष्ट्र बैंकको संचालक समिति समक्ष उक्त प्रतिवेदन बुझाउने तयारी गरेको समितिका संयोजक श्रीराम पौडेलले बिपाटीलाई बताए।

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नै श्रेष्ठ माथि छानविन गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा अर्थमन्त्रालयले डेपुटी गभर्नर श्रेष्ठमाथि छानविन गर्न राष्ट्र बैंक संचालक समितिलाई पत्र काटेको थियो ।

गत कार्तिक १८ गते बसेको राष्ट्र बैंकको संचालक समितिको बैंठकले राष्ट्र बैंककै संचालक समिति सदस्य श्रीराम पौडेलको नेतृत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेको थियो । श्रेष्ठ माथि बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको, लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजयराज सुमार्गीलाई साथ दिएको लगायतका आरोप लागेको थियो । यिनै आरोपमाथि छानविन गरेर समितिले प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

 उक्त समितिको प्रतिवेदनको आधारमा श्रेष्ठको आगामी बाटो तय हुनेछ । श्रेष्ठमाथि लागेको आरोपको फाइहरुको अध्ययन गर्नुको सथै त्यससँग जोडिएका निकायसँग पनि कागजात मगाएर अध्यन गरीएको र त्यसैको आधारमा प्रतिवेदन तयार पारिएको समितिको संयोजक पौडेलको भनाई छ । यद्यपी श्रेष्ठलाई बर्खास्त गर्ने अथवा पुर्नबहाली गर्ने कस्तो सिफारिस प्रतिवेदनमा आउँछ भन्ने उनले खुलाउन चाहेनन् ।

समितिले प्रतिवेदन लेख्ने कार्यलाई अत्यन्तै गोप्य राखेकोले प्रतिवेदनले के सिफारिस गरेको छ भन्ने खुलेको छैन। समितिले छानविनको क्रममा प्राविधिक कार्यको लागि राष्ट्र बैंककै कर्मचारी प्रयोग गरेको  थियो । तर प्रतिवेदन लेख्ने कार्यको लागि भने समितिले राष्ट्र बैंकभन्दा बाहिरका व्यक्ति प्रयोग गरेको थियो । साथै प्रतिवेदन लेखनको कार्य स्वयं श्रेष्ठ कै कार्यकक्षमा भएको थियो छानविन समितिले आरोपीत श्रेष्ठसँग पनि कुनै संवाद नगरेको बुझिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved