एनसीसी बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2019 | 03:26:37 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited ले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ३ अर्ब बराबरको कुल ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जस मध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता सर्वसाधारणमा निष्काशन हुने छ।

कम्पनीले ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ। बिक्रि प्रबन्धक नियुक्त सम्बन्धि सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

 “१०.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” नाम दिइएको यस १० बर्षे ऋणपत्रमा १०.५०% व्याज प्रदान गरिने बैंकले जनाएको छ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved