बैङ्क तथा वित्तीय संस्थालाई अनिवार्य सामाजिक सुरक्षा योजनामा जान राष्ट्र बैंकको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2019 | 07:09:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैङ्कले सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थालाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै सम्पूर्ण बैङ्क तथा वित्तीय संस्था र त्यसमा आबद्ध कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि निर्देशन दिएको हो ।

“सरकारको कार्यक्रममा अनिवार्य सहभागी हुनु भनेर सूचना जारी गरिएको हो”, राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने ।“सामाजिक सुरक्षा ऐन, २०७४ एवं नियमावली २०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा सञ्चालन कार्यविधि, २०७५ मा भएको व्यवस्थाबमोजिम इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरु सामाजिक सुरक्षा कोषमा सूचीकण गर्ने व्यवस्था गर्नु÷गराउनु”, राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका निर्देशक देवकुमार ढकालद्वारा जारी सूचनामा भनिएको छ ।

पटक पटक कोषमा सूचीकृत हुन समयावधि थप गरिएको भए पनि बैङ्क तथा वित्तीय संस्था सूचीकरण प्रक्रियामा सहभागी हुन नआएको भन्दै श्रम मन्त्रलायले वित्तीय क्षेत्रलाई निर्देशन दिन राष्ट्र बैङ्कसमक्ष आग्रह गरेको थियो । सरकारले ल्याएको योजनामा असन्तुष्टि जनाउँदै बैङ्क तथा वित्तीय संस्थाले उक्त प्रक्रियामा सहभागी हुन अटेर गर्दै आएका छन् । बैंकहरुले केहि ब्यबस्था विभेदकारी भएको भन्दै योजनामा सहभागी हुन् अटेर गरेका हुन् । 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved