पाइरेसि सिस्टमको प्रयोगले नेपालका बैंक जोखिममा, ह्याकरलाई सहज

विजय पराजुली

विजय पराजुली

Dec 12, 2019 | 11:23:26 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुले प्रविधिमा लगानी गर्न कन्जुस्याइँ गर्दा पछिल्लो समय वित्तीय जोखिम बढेको पाइएको छ। प्रविधिको विकासक्रमले वित्तीय क्षेत्र कागजी ढड्डाबाट 'वन क्लिक' हुँदै गएको अवस्थामा समेत बैंकहरुले प्रविधिमा लगानी गर्न कन्जुस्याई गर्दा जोखिम बढ्दै गएको राष्ट्र बैंकको भनाई छ।

बैंकहरुले प्रयोग गर्ने कम्प्युटरको सामान्य अपरेटिङ सिस्टममा समेत पाइरेसी हुने गरेकाको राष्ट्र बैंकका अधिकारिहरुले बताउँछन। अधिकांश बैंक वित्तीय संस्थामा कम्प्युटरको पनि अपरेटीङ सिस्टमको लाइसेन्स नलिएको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए।

‘बैंकहरुले ५० प्रतिशत भन्दा बढी कम्प्युटरमा कपी गरेर अपरेटीङ सिस्टम चलाइहेका छन,माइक्रोसफ्टले पटक पटक बैंकहरुलाई पाइरेसी गरेको अपरेटीङ सिस्टम बन्द गर्ने चेतावनी दिएको छ।' राष्ट्र बैंकका ति उच्च अधिकारले नाम नबताउने शर्तमा भने, ‘माइक्रोसफ्टले कुनै पनि समय सिस्टम बन्द गर्न सक्छ त्यसपछी बैंकिङ सिस्टममा पनि समस्या आउन सक्छ।’

बैंकहरुले प्रयोग गर्ने कम्प्युटरको अपरेटीङ सिस्टमको लागि माइक्रोसफ्टसँग अनिवार्य लाइसेन्स लिनुपर्ने हुन्छ। तर बैंकहरुले ५० प्रतिशत कम्प्युटरको पनि अपरेटीङ सिस्टमको लाइसेन्स नलिएको राष्ट्र बैंकका ति अधिकारीले बताए । 

यस्तै बैंकहरुले निश्चित शाखाको लागि किनेको 'सिस्टम' लाई मिररिङ गरेर थप शाखामा प्रयोग गरेको पाइएको छ। कुनै एक बैंकले १०० वटा शाखाको लागि लिएको 'सिस्टम' लाई मिररिङ गरेर १२०-१५० वटा शाखा संचालन गरीरहेको भेटिएको राष्ट्र बैंकका उच्च अधिकारिको दाबि छ। बैंकहरुको यस्ता कामले वित्तीय जोखिम बढाएको ति अधिकारीको भनाई छ।

बिदेशी बैंकको तुलनामा 'पोर्टफोलियो' सानो हुने भएकाले अहिलेसम्म नेपालका बैंकहरु ठुला ह्याकरको निशानामा नपरेकोले ठुलो क्षति नभएको तर मिररिङ र पाइरेसी का 'सिस्टम' मा भर पर्ने हो भने कुनै पनि बेला बैंकिङ क्षेत्र ठुलो दुर्घटनामा पर्न सक्ने राष्ट्र बैंकका ति अधिकारिको भनाई छ। गभर्नर डा. चिरन्जीवी नेपालले पनि सार्वजनिक कार्यक्रम तथा बैंकरसँगको अनौपचारिक भेटघाटमा अहिलेको प्रविधिले नेपालको बैंक जोखिममा रहेकाले प्रविधिमा लगानी बढाउँन आग्रह गरिरहेका छन।       

पुर्व बैंकर तथा बैंकिङ विज्ञ अनलराज भट्टराइ भने मिररिङ गर्दा वित्तीय जोखिम नहुने तर अपरेटिङ सिस्टम नै बैंकहरुले पाइरेसि गरेर चलाइरहेका छन भने राष्ट्र बैंकले कारवाही गर्नुपर्ने बताउँछन। कुल गार्हस्थ उत्पादन भन्दा बढी बैंकहरुको निक्षेप पुगिसकेको भन्दै जनताको पैसामा बैंकहरुले खेलवाड गर्न नहुने उनि बताउँछन।

मिररिङ डाटालाई एउटा सर्भरमा राख्ने र त्यो सर्भरलाई अर्को ठाउँमा समानान्तर सर्भर चलाइरहने अवस्थालाई मिररिङ भनिने र यो डिजास्टर रिकभरीको लागि गरिने कुरा रहेको उनको भनाई छ। मिररिङ गरेर सफ्टवेयर चलाउने नभएर एउटा ठाउँमा भएको डाटाको रेकर्ड अर्को ठाउँमा पनि राख्नुपर्छ भन्ने अन्तराष्ट्रिय मान्यता भएको र यो सर्भर एक ठाउँमा हीट हुँदा अर्का ठाउँमा पनि हिट हुने भन्दै केही कारणले एक ठाउँको सर्भरमा समस्या आयो भने अर्को ठाउँमा मिरर भएको सिस्टममा अपडेट भएर लाइभ जान सकिने भट्टराइको तर्क छ। यो काम भर्चुअल प्राइभेट नेटवर्कबाट हुने र संसारभरी भइरहेको भन्दै यसमा विभिन्न लेयर अफ सेक्युरीटी लगायत पुर्ण सुरक्षित हुने उनले बताए।

यता बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गाना भने कुनै पनि बैंकले पाइसेसि गरेर माइक्रोसफ्ट अपरेटीङ सिस्टम प्रयोग नगरेको दाबि गर्छन। बैकहरुले त्यसको जोखिम लिन नसक्ने भन्दै यस्तो घटना ४-५ वर्ष पहीलेको भएको उनको भनाई छ। तर सबै बैंकहरुले सिस्टम मिररिङ भने गरेको ढुङगाना बताउँछन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved