धनुषामा सिद्धार्थ बैंकको २ शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2019 | 05:46:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited ले बिहिबार धनुषाको २ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकले धनुषाको विद्यापति चोक र जनकपुरमा शाखाको औपचारिक उद्घाटन गरेको हो। 

 विद्यापति चोक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक जनकपुर शाखाका निर्देशक हेम प्रसाद न्यौपाने र  जनकपुर शाखाको उद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार शाहले गरेका हुन् । बैंकले विद्यापति चोक शाखा गत २०७५ फाल्गुण २२ गते र जनकपुर शाखा २०७५ चैत्र १७ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो । 

बैंकले देशभर ४ एक्स्टेन्सन् काउन्टर सहित १७५ वटा शाखा, १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९४ एटिएम र १,६०० भन्दा बढी पिओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved