बैंकहरुको निक्षेप जीडीपी बराबर तर ब्याज सिद्दान्त बिपरित

विजय पराजुली

विजय पराजुली

Dec 16, 2019 | 03:01:49 PM मा प्रकाशित

laxmi  sunrise bank

बचतको ब्याजको दर मुल्यबृद्धि भन्दा माथि हुनुपर्ने सामान्य सिद्दान्त रहेको छ। तर नेपालको बैंक वित्तीय संस्थाले बचतमा दिने ब्याज मुल्यवृद्धि भन्द कम रहेको पाइएको छ। 

गत असोज मसान्तमा नेपालको मुद्रास्फ्रीति ६.२१ प्रतिशत रहेकोमा बैंकले बचतमा दिने ब्याजको दर ५.०६ रहेको छ। बैंकहरुले निक्षेपको ब्याजदरमा गरेको भद्र सहमतिको कारण मुद्धति निक्षेपको ब्याजदर घटेको छ भने बचतको र कल डिपोजिटको बढेको छ । यद्दपी मुद्रास्फ्रीतिको तुलनमा बचतको ब्याजदर बढ्न सकेको छैन।

त्यस्तै चालू आर्थिक बर्षको कात्तिक मसान्तसम्म बैंकहरुले ३४ खर्ब ४३ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरि ३० खर्ब ५० अर्ब ८ करोड कर्जा लगानी गरेका छन। बैंकहरुले लगानीमा आक्रामक बन्दा खराब कर्जा बढेको छ। गत वर्षको कात्तिक मसान्तमा बैंक तथा वित्तीय सस्थाको औषत खराब कर्जा १.६९ प्रतिशत रहेकोमा यस अवधिमा बढेर १.७४ प्रतिशत पुगेको छ।       

बैंकहरुले नेपालको कुल ग्राहस्थ उत्पादन (जिडिपी) बराबर निक्षेप संकलन गरेका छन। नेपालको जिडिपी ३४ खर्ब ६४ अर्बको रहेकोमा कहरुको निक्षेप कुल जिडिपीको ९९.३९ प्रतिशत रहेको छ। यस्तैं बैंकहरुको कर्जा लगानी ३० खर्ब ५० अर्ब ८ करोड पुगेको छ । जुन जिडिपीको ८८.०४ प्रतिशत हो भने निक्षेपको ८८.५९ प्रतिशत हो ।  

गत वर्षको तुलनामा बैंकहरुले दिने निक्षेपको बयाजमा सामान्य वृद्धि भएको छ । गत वर्ष निक्षेपको औषत ब्याजदर ६.६१ प्रतिशत रहेकोमा यस वर्ष बढेर ६.८१ प्रतिशत पुगेको छ । गत वर्षको भनदा मुद्धति निक्षेपको ब्याजदर घटेको छ भने बचत र कल निक्षेको ब्यानजदर बढेको छ । गत वर्ष बचत, मुद्धति र कल निक्षेको ब्याजदर औषतमा क्रमशः ४.३२, १०.२७ र ३.८३ प्रतिशत रहेकोमा यो वर्ष ५.०६, ९.८२ र ४.३४ प्रतिशत रहेको छ । 

यस अवधिमा कर्जाको ब्याजदर भने घटेको छ । राष्ट्र बैंकले स्प्रेटमा गरेको कडाइले बैंकहरुले कर्जाको ब्याज घटाएका हुन। गत वर्ष १२.२५ प्रतिशत रहेको भारित औषत कर्जादर यस वर्ष घटेर १२.०२ प्रतिशत कायम भएको छ। त्यस्तै बैंकले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर  अन्तर (स्प्रेड) रेट गत वर्ष ५.६४ प्रतिशत रहेकोमा गत कार्तिक मसान्तमा ५.२१ प्रतिशत रहेको छ । 

जिडिपीको तुलनामा निक्षेप कति प्रतिशत हुनुपर्छ भन्ने कुनै यकिन नियम नरहेको पुर्व बैंकर अनलराज भटट्राई बताउँछन । कारोबारहरु जति पुँजीकृत र पारदर्शि हुँदै जान्छन त्यति जिडिपी भन्दा निक्षेक बढी हुँदै जाने बैंकर भट्टराइ बताउँछन । नेपालको बैंकमा नेपालको मात्रै पैसा जम्म रहेको तर विदेशी मुलुकको बैंकहरुमा विश्वभरको निक्षेप जम्मा भएको हुने भन्दै बैंकर भट्लाईले भने ‘ २०१६ मा नेपालको जिडिपीको तुलनामा बैंकहरुको निक्षेप ६१.३५ प्रतिशत रहेकोमा अहीले जिडिपीको बाराबर पुगेको छ, त्यस्तै विश्वमा जिडिपीको तुलनमा सबैभन्दा धेरै निक्षेप लग्जम्बर्गको ३९९.८९ प्रतिशत र सबैभन्दा कम कंगोमा ८.९१ प्रतिशत रहेको छ ।’ 

निक्षेप जति परिचालन हुन्छ अर्थतन्त्रको लागि त्यति राम्रो हुनै भट्टराइ बताउँछन । जीडीपीको यति नै निक्षेप हुनुपर्छ भन्ने कुनै अन्तराष्ट्रिय मान्यता नरहेको र नेपालको अनौपचारीक अर्थतन्त्र पनि जिडिपीको करिब ५० प्रतिशत रहेकोले हाम्रो जिडिपीको गणना र साइज नै  सही हो की होइन भन्ने अर्को इस्यु पनि रहेको भट्राईको भनाई छ । 

अनपेक्षीत रुपमा कर्जाको वृद्धि हुँदा केही समस्या आउँछकी भनेर सजग हुनुपर्ने तर निक्षेप वृद्धि हुँदा डराउन आवश्यक नरहेको र पुँजीकृत भएर पैसा बैंकमार्फत बजारमा आउनु राम्रो कुरा भएको भट्टराई बताउँछन ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved