एनआईसी एशियाले थप्यो ६ शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2019 | 06:01:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले एकै साथ ६ नयाँ शाखा सञ्चालनमा ल्याएको  छ । बैंकले काठमाडौंको बोहोराटार, कलंकीस्थित खसीबजार, माछापोखरी, नरेफाँट, पुतलीसडक र स्वयम्भूमा नँया शाखाहरु सञ्चालनमा ल्याएको हो । 

बोहोराटार शाखाको स्थानीय टोल सुधार तथा उपभोक्ता समितिका अध्यक्ष कालिका प्रसाद घिमिरे,  खसीबजार शाखाको सोही वडाका वडा अध्यक्ष शोभा सापकोटा, माछापोखरी शाखाको सोही वडाका वडा अध्यक्ष मुकुन्द रिजाल, नरेफाँट शाखाको सोही वडाका वडा अध्यक्ष नवराज पराजुली तथा पुतलीसडक शाखाको सोही वडाका वडा अध्यक्ष भाइ राम खड्गीले उद्घाटन गरेका हुन् । त्यस्तै काठमाडौं महानगरपालिका वडा नं. ३ स्थित स्वयम्भू शाखा वडा अध्यक्ष प्रेमलाल श्रेष्ठले गरेका हुन् ।

बैंकले ३११ शाखा , ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved