साना तथा मझौला व्यापारीलाई सिद्धार्थ बैंकको वित्तीय साक्षरता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2019 | 06:35:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले तनहुँको दमौली र दुलेगौडामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा यहि मंसिर २५ गते दमौलीमा र  मंसिर २६ गते दुलेगौडामा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा साना तथा मझौला व्यापारीहरुलाई व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर, एकीकृत कर प्रणाली, मुल्य अभिबृद्धि कर लगायतका विषयमा जानकारी प्रदान गरिएको बैंकले जनाएको छ। दमौलीको कार्यक्रममा त्यस क्षेत्रका ५० भन्दा बढी र दुलेगौडाको कार्यक्रममा त्यस क्षेत्रका ३० भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए । 

बैंकले देशभर ४ एक्स्टेन्सन् काउन्टर सहित १७५ वटा शाखा, १०१ शाखारहित बैंकिङ्ग सेवा, १९५ एटिएम र १,६०० भन्दा बढी पिओएस मेसिन मार्फत सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved