एनबिआईको अध्यक्षमा लम्साल, २ दशकको बैंकिङ्ग अनुभव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2019 | 09:32:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिङ्ग बैंकिङ्ग ईन्ष्टिच्यूट (एनबिआई) लिमिटेडको प्रमूख कार्यकारी अधिकृतमा कुमार लम्साल नियुक्त भएका छन् । इन्टिच्यूटको सञ्चालक समितिले यही मिति २०७६ मंसिर ३० गते देखि लागु हुने गरी उनलाई नियुक्त गरेको हो ।

लम्साल बैंकिङ्ग क्षेत्रका चीरपरिचित व्यक्तित्व हुन्। उनले यस अघि सानीमा बैंक, प्रभु बैंक, जनता बैंक नेपाल लि. लगायतका बैंकको प्रमूख कार्यकारी अधिकृतको रुपमा कार्य गरी दुई दशक भन्दा लामो बैंकिङ्ग अनुभव प्राप्त गरेका छन् । पछिल्लो समय जनता बैंक नेपाल लि. को प्रमूख कार्यकारी अधिकृतको कार्यकाल पश्चात उनले बैंकिङ्ग क्षेत्रमा विशेषगरी क्रेडिट विषयको प्रशिक्षकको रुपमा योगदान पुर्याउदै आएका थिए।

नवनियुक्त प्रमूख कार्यकारी अधिकृतको नियुक्ती संगै ईन्स्टिच्यूटले बैंकिङ्ग जगतको मानव संशाधनको क्षमता विकासमा टेवा पु¥याउने किसिमका बस्तु तथा सेवाको विविधीकरण मार्फत अझ बढी योगदान पु¥याउने अपेक्षा गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved