होमस्टे एशोसियसनको सिफारिसमा कृषि विकास बैंकले कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2019 | 05:23:23 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंक Agriculture Development Bank Limited र होमस्टे (घरबास) एशोसियसन नेपाल (होसान)बीच वित्तिय तथा सामाजिक÷सामुदायिक सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र होसानका अध्यक्ष केशव प्रसाद बडालले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले सम्झौताले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । होसानका अध्यक्ष बडालले सम्झौताले प्रकृति तथा स्थानिय संस्कृतिसँग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटक बढाउन सहयोग पुग्ने विश्वास गरे । 

सम्झौता अनुसार बैंकले होसानमा आवद्ध करिब १ हजार होमस्टेलाई परियोजना संचालन गर्न आवश्यक पर्ने कर्जा उपलब्ध गराउनुका साथै एसोसियसनको सिफारिसमा कृषकहरुलाई आवश्यकता अनुसार बाख्रा पालन, तरकारी खेती, कुखुरा पालन जस्ता परियोजनामा सहुलियतपूर्ण कर्जा समेत उपलब्ध गराउने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved