सिद्दार्थ बैंकको एकै साथ ५ शाखा संचालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2019 | 05:34:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंक @Sidd ले लुम्बिनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सोहि दिन सुनसरी अवस्थित दुहबी शाखा र गढी शाखा, सिरहा अवस्थित गोलबजार शाखा र लहान शाखा संचालनमा ल्याएको छ।  

बैंकले दुहबी शाखा गत २०७५ फाल्गुण २७ गते, गढी शाखा गत २०७४ माघ ७ गते, गोलबजार शाखा गत २०७६ कार्तिक १५ गते र लहान शाखा गत २०७५ वैशाख २३ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको जनाएको छ। 

उक्त लुम्बिनी शाखा विस्तार पश्चात् बैंकको कुल शाखा सञ्जाल संख्या १७६ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९५ एटिएम र १,६०० भन्दा बढी पीओएस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved