ग्लोबल आइएमई बैंकले बाढ्यो ब्लाङ्केट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2019 | 05:09:21 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५, पक्लिहवामा ब्लाङ्केट वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार २०० परिवारलाई  २०० थान ब्लाङ्केट वितरण गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. ५ का सचिब रामप्रसाद खरेल, मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रदेश नं. ५ का सचिब टेकनारायण पाण्डे, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे, निजामती कर्मचारी श्रीमती संघका अध्यक्ष चन्द्रकला रेग्मी तथा बैंकका प्रदेश नं. ५ का सहायक प्रमुख कविन्द्र रेग्मीले सुस्ताका विपन्न समुदायका परिवारलाई संयुक्तरुपमा ब्लाङ्केट हस्तान्तरण गरेका हुन । 

निजामती कर्मचारी श्रीमती संघसँगको सहकार्यमा उक्त ब्लाङ्केट वितरण गरेको बैंकले जनाएको छ  ।

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved