सिद्वार्थ बैंकको वार्षिकोत्सवमा छुटै-छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2019 | 06:44:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्वार्थ बैंक Siddhartha Bank Limited  ले १७ औं वार्षिकोत्सवको अवसर पारेर छुटको योजना ल्याएको छ ।  योजना अनुसार ग्राहकहरुले दराज अनलाइनमा कार्ड मार्फत् सामान खरिद गर्दा १५  प्रतिशत सम्म र अधिकतम पाँच सय छुट पाउने भएका छन्। पहिलो दुई पटक पाँच सय वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा पाँच सय क्यास ब्याक पाउने बैंकले जनाएको छ । 

यस्तै पहिलो दुई पटक पाँच सय वा सो भन्दा बढि रकमको पीओएस मेसिन मार्फत् कारोबार गर्दा ३८२ क्यास ब्याक पाइने बैंकले छ ।बैंकका अनुसार एक महिना भित्र कम्तिमा तीन पटक गरी कुल १५ हजारको पीओएस मेसिन मार्फत्  कारोबार गर्दा एक हजार क्यास ब्याक पाइने छ । यसैगरी बैंक स्मार्ट मार्फत् पहिलो पटक अधिकतम पाँचसयको मोबाइल टप अप गर्दा २० प्रतिशत क्यास ब्याक पाउने बैंकले बताएको छ । यी अफर पौष ९ गते देखि माघ १० गतेसम्म चल्ने बैंकले जनाएको छ ।

बैंकले देशभर ४ एक्स्टेन्सन् काउन्टर सहित जम्मा १७६ वटा शाखा, १०१ शाखारहित बैंकिङ्ग सेवा, १९५ एटीएम र १,६०० भन्दा बढी पीओउस मेसिन मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved