राष्ट्र बैंकले भन्यो 'सबै आम्दानीको कर चुक्ता खोजेको होइन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2019 | 09:26:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले ऋण दिनको लागि सबै खाले आम्दानीको कर चुक्ता नखोजेको जनाएको छ । बैंकले कर नलाग्ने आम्दानीको लागि कर चुक्ता प्रमाणपत्र आवश्यक नपर्ने र कर लाग्ने आम्दानीको मात्र कर चुक्ता पेश गर्नु पर्ने जनाएको हो।

बैंकका कार्यकारी निर्देशक तथा नियमन विभागका प्रमुख देव कुमार ढकाल रेमिट्यान्स कृषि लगायत कर नलाग्ने आम्दानीको लागि कर चुक्ता प्रमाणपत्र आवश्यक नपर्ने बताएका हुन् । तर करयोग्य आयलाई आम्दानीको स्रोत देखाउँने हो भने त्यसलाई करचुक्ता प्रमाणपत्र आवश्यक पर्ने उनको भनाई छ ।

करको दायरमा भएर पनि आम्दानी अनुसारको कर नतिर्ने तर वित्तीय सेवा भने लिने, तथा आम्दानी अनुसारको मात्रै कर्जा लगानी गर्दा वित्तीय क्षेत्र सबल बने हुनाले यस्तो नीति लिईएको ढकालको भनाइ छ ।पारदर्शी तरिकाबाट काम गर्नेको लागि यो नीतिले आतिनुपर्ने अवस्था नरहेको ढकाल बताउँछन् ।

उता यस सर्कुलरबारे बैंकर्स संघले राष्ट्र बैंकसँग छलफल गर्ने भएको छ । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकहरु आपसी छलफलमा रहेको र चाँडै राष्ट्र बैंकसँग यस विषयमा कुरा गर्ने बताएका हुन् ।

राष्ट्र बैंकले ब्यक्तिगत प्रयोजनको आवधिक कर्जा, घर कर्जा र हार्यर पर्चेज लगायत गैर व्यवसायीक कर्जाको लागि कडाई गरे संगै बैंकहरुले राष्ट्र बैंकसंग नै छलफल गर्ने भएका हुन् । राष्ट्र बैंकले गैर व्यवसायीक प्रकृतिको ब्यक्तिगत कर्जा प्रवाह गर्दा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतमा ५० प्रतिशत भन्दा कम हुने गरी कर्जा प्रवाह गर्नुपर्ने ब्यबस्था गरेको हो । त्यस्तै ऋणीले ऋण लिंदा आम्दानीको स्रोत खुल्ने कागजात संलग्न राख्नु पर्ने र कर चुक्ता अथवा अध्यावधिक गराएको प्रमाणपत्र संलग्न गराउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकको उक्त निर्देशन सँगै विभिन्न टिकाटिप्पणी भइरहेको छ । कतिपयले दोहोरो ब्यालेन्स सीटको अन्यको लागि कर कार्यलय र बैंकहरुमा अनलाइन सिस्टमा मार्फत ब्यालेन्स सिटको क्रस चेक सँगै सुस्ताएको वित्तीय क्षेत्रको कर्जा लगानी राष्ट्र बैंकको यो नीतिले झनै सुस्त हुने बताइरहेका छन् ।

बैंकर्स संघका अध्यक्ष ढुंगाना कुल लगानीको २० प्रतिशत उक्त क्षेत्रमा नै भएको र राष्ट्र बैंकले समय सिमा नै नदिइकन तत्कालै लागु गर्नुपर्ने गरी निर्देशन दिएकोले बैंककहरुलाई समस्या सिर्जना हुने बताएका छन् । त्यस्तै डेभलमेन्ट बैंकर्स संघको महासचिव समेत रहेको ज्योति विकास बैंकका सिइओ मनोज कुमार ज्ञवालीले सामाजिक संजालमार्फत नै १२० को गतिमा दौडिएको गाडी झ्याप्पै ब्रेक लगाउँदा दुर्घटना हुन सक्ने टिप्पणी गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved