‘बैंकले सहुलियत ऋण नदिए उजुरी गर्नोस्, कारबाही गर्छौ’

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Dec 26, 2019 | 01:14:53 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधब ढुंगेलले बैंकहरुले सहुलियत ब्याजदरको ऋण नदिए नदिए तत्काल उजुरी गर्न  युवाहरुलाई आग्रह गरेका छन ।  उनले उजुरी आएमा बैंकहरुलाई कारबाही गर्ने बताएका हुन् 

 कार्यकारी उपाध्यक्ष ढुंगेलले भने, ‘बैंकहरुले सरकारसंग हामी सहुलियत दरको ऋण दिन तयार छौं भनेका छन् । प्रक्रिया पुरा गर्ने हरेक युवालाई सहुलियत दरको ऋण दिनै पर्दछ । नदिए तत्काल नजिकैको राष्ट्र बैंक र राष्ट्रिय युवा परिषदमा उजुरी दिनुहोस् हामी त्यस्ता बैंकलाई कारबाहि गर्ने प्रक्रियामा लान्छौं । ’

 ढुंगेलले राष्ट्रिय युवा परिषदको सक्रियतामा ७ किसीमका कर्जा दिनेगरी कार्यक्रम अगाडी बढाईएको बताए । 'कृषि तथा पशुपंक्षि कर्जा ५ करोड सम्म ,  शैक्षिक प्रमाणपत्रको आधारमा कर्जा ७ लाख सम्म, महिला उद्यमशिल विकासीत कर्जा १५ लाख सम्म, दलित समुदायका युवालाई १० लाख सम्म कर्जा , विदेशबाट फर्किएर आएका युवालाई कर्जा १० लाख बिना धितो दिनेगरी सरकारले कार्यक्रम नै घोषणा गरेको हो । ’ उनले भने । 

हाल सम्म ४७ जना युवालाई प्रमाणपत्र राखेर क्रृण दिन सहजीकरण गरेको परिषदले  मधेशलाई नै आधार बनाएर विपन्न समुदायका युवा महिलालाई पनि उद्यमशील बनाउन विशेष अभियान चलाउन थालेको बताए । उनले भने, ‘सहुलियत दरको क्रृणमा केही कडा प्रावधान राखिएको रहेछ । जसले गर्दा युवाहरुले सहज ढंगले ऋण पाउन गाह्रो भएको थियो । त्यसलाई संशोधन गर्ने तयारीमा छ । उक्त फाईल अर्थमन्त्रालयमा पुगिसकेको छ । ’

हाल सम्म १८ हजार युवाले २८ बाणिज्य बैंक मार्फत ऋण पाएका पाएको परिषदका उपसचिव देवि अधिकारीले बताए ।  उनका अनुसार ५ प्रतिशत भन्दा बढी नपर्ने गरी ऋणको व्यवस्थापन गर्न परिषदले भर्खरै बैंकहरुसंग पनि बैठक सम्पन्न गरिसकेका छ । 

प्रति बर्ष ५ लाख ३८ हजार युवाहरु विदेशीने गरेको वर्तमान अवस्थामा युवाहरुलाई स्वदेशमै उद्यमशील बनाउने ध्ययेले युवा परिषदले ५ विषयलाई केन्द्रमा राखेर गतिविधी गरिरहेको उपाध्यक्ष ढुंगेलले बताए । उनका अनुसार गुणस्तरीय शिक्षा र यसको विकास,  युवा उद्यमशीलता र सीप विकास, युवा नेतृत्व विकास, युवा स्वास्थ्य सामाजिक सुरक्षा र युवाकोलागी खेलकुद र मनोरन्जन क्षेत्रमा काम भईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved