सिद्धार्थ बैंकमा अनलाइनबाटै विदेशी मुद्रा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2019 | 05:33:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  मा अनलाइनबाटै विदेशी मुद्रा माग गर्न सकिने भएको छ ।  बैंकले सस्तो टिकेटसँग सहकार्य गरेर यो सेवा प्रदान गरेको हो । 

सहकार्य अन्तर्गत बैंकका ग्राहकहरुले सस्तो टिकेट मार्फत अनलाइन टिकेट खरिद गरिसकेपछि त्यहि प्ल्याटफर्मबाट नै विदेशी मुद्राको माग गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकहरुले माग गरेको विदेशी मुद्रा, नगद अथवा कार्ड,  बैंकका तोकिएका शाखाहरुमध्य आफुलाई सहज हुने शाखाबाट संकलन गर्न सकिने छ ।

बैंकले ४ एक्स्टेन्सन् काउन्टर सहित देशभर १७६ वटा शाखा, १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९७ एटीएम र १,६०० भन्दा बढी पिओएस मेसिन मार्फत् सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved