सेयर लगानीकर्ताको 'युनिक आइडी' भन्दा के फरक छ गाेएएमएल ?

विजय पराजुली

विजय पराजुली

Dec 31, 2019 | 11:57:28 AM मा प्रकाशित

laxmi  sunrise bank

सम्पति सुद्धिकरणको बिषय सेलाउन नपाउँदै बजारमा गाेएएमएल को चर्चा सुरु भएको छ। केहिले गाेएएमएल लाई सकारात्मक रुपमा अर्थ्याएका छन भने कहिले बैंकिङ प्रणाली मार्फत कारोबार गर्दा थप कठिनाई हुने बताएका छन। आखिर के हो त गाेएएमएल  ?

गाेएएमएल, विद्युतिय माध्यमबाट सिमा तथा शंकास्पद कारोबारको सुचना दिने प्रणाली हो। नेपाल राष्ट्र बैंकले आगामी माघ १ देखि बाणिज्य बैंकहरुलाई गाेएएमएल लागू गर्नलाई निर्देशन दिएको छ। त्यस्तै विकास बैंकले भने माघ १ गतेबाट परिक्षणको रुपमा र आगामी साउन १ बाट अनिवार्य लागू गर्नुपर्ने छ।

बाणिज्य बैंकहरुलाई गाेएएमएल परिक्षणको रुपमा लागू गर्न छुट भएपनि केहिले पूर्णरुपमा नै कार्यन्वयन गरेका छन भने अधिकाँश बाणिज्य बैंकले हार्ड कपी मार्फत रिपाटिङ गरिरहेका छन।

के हो गाेएएमएल ?

बैंक तथा वित्तीय सँस्थाले वित्तीय जानकारी इकाईमा सीमा तथा शंस्कास्पद कारोबार तथा क्रियाकलापको प्रतिवेदनलाई कोर बैंकिङ प्रणालीमा अद्ययावधिक गर्न गरिएको व्यवस्था हो, गाेएएमएल। यसलाई सामान्य शब्दमा भन्नुपर्दा कुनै पनि व्यक्ति वा सँस्थाले बिभिन्न बैंक वित्तीय संस्थामा गरेको कारोबारको एकीकृत जानकारी वित्तीय जानकारी इकाईमा पुग्ने प्रणाली हो। 

हिजोका दिनमा सम्बन्धित बैंक तथा वित्तीय सँस्थाले सम्बन्धित व्यक्ति वा सँस्थाको कारोबारको जानकारी गराउथे भने अब उक्त व्यक्ति वा सँस्थाले फरक फरक बैंक वित्तीय सँस्था मार्फत गरेको कारोबारको एकीकृत जानकारी वित्तीय जानकारी इकाईमा पुग्नेछ।

उदाहरणका लागि, कुनै राम भन्ने व्यक्तिले ए भन्ने बैंकबाट १० लाख माथि गरेको कारोबारको बारेमा ए भन्ने बैंकले राष्ट्र बैंकलाई जानकारी गराउथ्यो। र उक्त व्यक्तिले सोहि दिन बि भन्ने बैंकबाट १० लाख माथि गरेको कारोबारको बारेमा बि भन्ने बैंकले जानकारी गराउथ्यो। तर गाेएएमएल लागू भएपश्चात प्रणालीले नै उक्त व्यक्तिले गरेको कुल कारोबारको एकीकृत जानकारी राष्ट्र बैंकमा पठाउनेछ। 

यसका लागि प्रत्येक ग्राहकसँग सेयरबजारका लगानीकर्तासंग भएको जस्तै 'युनिक आइडी' हुन्छ। जस्तो आजको दिनमा 'युनिक आइडी' कै कारण फरक फरक ब्रोकरबाट सेयरकारोबार गरेपनि त्यसको एकीकृत जानकारी सम्बन्धित निकायमा पुग्छ तर हिजोका दिनमा सम्बन्धित ब्रोकरले सम्बन्धित सेयर कारोबारीको  मात्र जानकारी दिने गर्थे जसले गर्दा सम्बन्धित निकायमा एकीकृत जानकारी पुग्थेन।  

सेवाग्राहीलाई सहज कि असहज

अहिले पनि कुनै बैंकमा १ लाख भन्दा माथि रकम जम्मा गर्न जाँदा उक्त ब्यक्तिको बैंकमा खाता छैन भने परिचय खुल्ने कागजातको कपि लिनुको साथै कतिपय अवस्थामा त्यसको स्रोत, कसलाई र के प्रयोजनले जम्मा गर्न लागेको भनेर स्रोत माग्ने गरिन्छ।  तर अब गोएएमएल लागु भएपछी परिचयपत्रको नम्बरको साथै को हो ? के प्रयोजनको लागि जम्मा गर्न लागेको भनेर सिस्टमामा अपडेट गर्ने र जुन कुरा सिस्टममा रेकर्डेड समेत हुने राष्ट्र बैंक वित्तीय जानकारी इकाइले जनाएको छ।  

पहिले कागजात माग हुनुका साथै अन्य जानकारी माग्दा शंकास्पद लागेमा हार्ड कपि मार्फत राष्ट्र बैंकमा जानकारी जानेमा अहीले प्रणाली मार्फत सिधै राष्ट्र बैंकमा जाने एफओयु विभागले जनाएको छ । 

गोएएमल लागु भएपछि पनि सेवाग्राहीलाई पहिलेको भन्दा कुनै अतिरिक्त कागजात र विवरण आवश्यक नपर्ने राष्ट्र बैंकको भनाई छ। कोही तेस्रो ब्यक्तिले खातामा रकम जम्मा गर्छ भने पनि उसको सो बैंकमा खाता छ भने उसको कुनै कागजात आवश्यक नपर्ने तर उक्त बैंकको आफ्नो ग्राहक नभएमा जानकारी माग्ने र दास्रो पटक सोहि ब्यक्ति बैंकमा जान्छ भने डकुमेन्ट आवशयक नपर्ने गरी सिस्टम निमार्ण गर्न निर्देशन दिएको राष्ट्र बैंकको भनाई छ । 

यो सिस्टमा केवाईसी लगायतका ग्राहकको फरक फरक क्रियाकलापको विवरण प्रणालीमा डिजिटल रुपमा हुनुपर्ने र जुन कुरा परिवर्तन हुन्छ, वा थप आवश्यक पर्छ त्यो मात्रै अपडेट गर्दै जाने उदेश्य यो प्रणालीको रहेको छ । बैंकहरुले राम्रोसँग प्रणालीमा विवरण अपडेट गरेमा अहिलेको केवाइसिको समस्या पनि समाधान हुने राष्ट्र बैंक वित्तीय जानकारी इकाईको बिश्वास छ। 

यसका लागि प्रत्येक ग्राहकले सम्बन्धित बैंकले मागेको कागजात बैंकमा बुझाउनुपर्नेहुन्छ। तर बजारमा हल्ला चलेजस्तो खातामा रकम जम्मा गर्दा वा कारोबार गर्दा प्रत्येक पटक आफ्नो ३ पुस्ते विवरण भर्नुपर्ने भने होइन।  

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved