हिमालयन बैंकलाई धेरै लघुवित्तको सेयर 'होल्ड' नगर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2019 | 01:23:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयर स्वामित्व र संचालकको बिषयलाई लिएर समस्यामा परेको हिमालयन बैंकमाथि फेरी अर्को समस्या आइपरेको छ। संस्थापक र सर्वसाधारणको सेयर संरचना तथा निर्वाचन प्रकृयाबाट नै संचालक नियुक्ति गर्नुपर्ने निर्देशन पाएको हिमालयन बैंकले फेरी अर्को निर्देशनको पालना गर्नुपर्ने भएको हो। 

निर्देशनअनुसार हिमालयन बैंकले केहि लघुवित्तको संस्थापक सेयर बिक्रि गर्नुपर्ने भएको छ। एक भन्दा बढी लघुवित्तमा १० प्रतिशत भन्दा बढी संस्थापक सेयर 'होल्ड' गर्न नपाइने व्यवस्था नमानेकाले उसलाई लघुवित्तलाई जोडेर अर्को निर्देशन दिइएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) मा लघुवित्त वित्तीय संस्थामा कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले चुक्ता पूँजीमा लगानी गर्न सक्ने हद सम्बन्धी व्यवस्था राष्ट्र बैंकले निर्धारण गर्न सक्ने ब्यवस्था रहेको छ । 

सोहि ब्यवस्थाको आधारमा रहेर हिमालयन बैंकलाई कुनै एउटा वित्तीय संस्थामा अधिकतम २५ प्रतिशत र अन्य संस्थामा १० प्रतिशतथ भन्दा माथि संस्थापक शेयर नराख्न निर्देशन दिएको राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्री बताउँछन् । 

३ संस्थाको १० प्रतिशत माथि संस्थापक शेयर 

बैंकको आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक वित्तीय प्रतिवेदनमा ४ वटा लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर रहेको छ । जसमध्ये ३ वटा वित्तीय संस्थामा १० प्रतिशत भन्दा माथि शेयर स्वामीत्व छ। राष्ट्र बैंकको निर्देशनसँगै बैंकले २ वटा संस्थाको शेयर स्वामीत्व १० प्रतिशत भन्दा कम बनाउनुपर्ने हुन्छ।

बैंकसँग आरएमडिसि लघुवित्त वित्तीय संस्थाको ९.२३ प्रतिशत, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको ११.२२ प्रतिशत, छिमेक लघुवित्त वित्तीय संस्थाको ११.९८ प्रतिशत र स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको १२.०२ प्रतिशत संस्थापक शेयर छ।

लघुवित्तनै चाहिने हो भने कुनै एउटामा २५ प्रतिशतसम्म संस्थापक सेयर राखेर अन्यमा १० प्रतिशत भन्दा कम कायम गर्नलाई निर्देशन भएको राष्ट्र बैंकले जनाएको छ। धेरै वित्तीय संस्थामा ठुलो हिस्सामा संस्थापक शेयर हुँदा नियन्त्रित मानसिकता हुन सक्ने भएकाले उक्त निर्देशन दिईएको  क्षेत्रीको भनाई छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved