एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले काठमाडौंको ढुङ्गेधारा स्थित नर्सरी चोकमा शाखा कार्यालयको उद्घाटन गरेको छ । शाखाको उद्घाटन पूर्व सासंद तथा संविधान सभा सदस्य डा।भिष्मनाथ अधिकारीले गरेका हुन ।
बैंकले मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।