शिवराज श्रेष्ठ बर्खास्त भए अबको डेपुटी गभर्नर को ? (विश्लेषण)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2020 | 02:36:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठसंग स्पष्टिकरण सोधेसँगै नयाँ डेपुटी गभर्नरको चर्चा सुरु भएको छ। राष्ट्र बैंक सञ्चालक समितिका सदस्य श्रीराम पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले दोषी किटान गरि कारवाही सिफारिस गरेपछि सरकारले श्रेष्ठसंग यहि साता आइतबार स्पष्टिकरण सोधेको हो।

सरकारले स्पष्टिकरण सोध्नु नै बर्खास्ती नभएपनि छानविन समितिले दोषी पाइएको भन्दै कारबाही सिफारिस गरेकाले श्रेष्ठको निलम्बन निश्चित जस्तै भएको बजारको बुझाइ छ। त्यहि भएरपनि उनलाई स्पष्टिकरण सोधिएयता राष्ट्र बैकभित्र पनि नयाँ डेपुटी गर्भनरबारे चर्चा सुरु भएको छ। 

श्रेष्ठको बाँकी अवधिका लागि मात्र नयाँ डेपुटी गभर्नरको कार्यकाल रहने कानुनि प्राबधान छ। यस आधारमा अब बन्ने डेपुटी गभर्नरको कार्यकाल करीब १५ महिना रहनेछ।    

नेपाल राष्ट्र बैंक ऐनको दफा २६ मा, 'कुनै गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको पद कार्यकाल पूरा नहुँदै रिक्त हुन आएमा यस ऐन बमोजिमको प्रक्रिया पूरा गरी सो पदमा बाँकी अवधिको लागि उपयुक्त व्यक्तिलाई नेपाल सरकारले नियुक्त सक्ने् ब्यवस्था छ।

डेपुटी गभर्नर नियुक्त गर्दा रिक्त पदको दोब्बर संख्यामा गभर्नरले बहालवाला कार्यकारी निर्देशकबाट नाम सिफारिस गर्ने र त्यसको आधारमा मन्त्रिपरिषदले डेपुटी गभर्नर नियुक्ती गर्नेछ। 

को बन्ला डेपुटी गभर्नर ? 

डेपुटी गभर्नरको दौडमा सबैभन्दा अगाडी नियमन विभाग प्रमुख देवकुमार ढकाल र लघुवित्त प्रर्वद्धन तथा नियमन विभागका कार्यकारी निर्देशक डा. प्रकाश पौडेल देखिन्छन। तर अब बन्ने डेपुटी गभर्नरको कार्यकाल करिब १५ महिनाको मात्रै रहने भएकाले दुवैको दाबेदारी नरहने देखिन्छ।  

उनिहरु मात्रै नभई अवकासको लागि विदामा बसेका ४ जना बाहेक बहालवाला १३ जना कोही पनि कार्यकारी निर्देशकले यतिबेला डेपुटी गभर्नरको लागि दावी गर्ने सम्भावना न्यून रहेको बहालवाला कार्यकारी निर्देशकहरु नै बताउँछन् । 

यस्तो अवस्थामा प्रकृया नलम्बीने हो भने डेपुटी गभर्नको दौडमा पहिलो नंम्बरमा ३० वर्षे सेवा अवधिका कारण आगामी माघ १ गतेबाट विदामा बसेका कार्यकारी निर्देशक तथा प्रवक्ता लक्ष्मी प्रपन्न निरौला नै डेपुटी गभर्नरको बलियो दावेदार देखिन्छन। अर्थमन्त्री डा. युवराज खतिवडाको चाहान पनि निरौलाई नै डेपुटी गभर्नर बनाउने रहेको उनि निकट स्रोतको भनाई छ। उनलाई डेपुटी गभर्नर बनाउनलाई सरकारले अगामी माघ ७ गतेभित्रै निर्णय गरिसकनुपर्ने हुन्छ। अन्यथा अहिले कार्यरत मध्येबाट नै अन्य कोहि बन्ने सम्भावना रहन्छ । 

यता नेपाली कांग्रेसको सरकारले नियुक्त गरेको गभर्नर पनि आफ्नो कार्यकालको अन्तिममा रहेकोले उनले सिफारिस गर्ने नाममा पनि डेपुटी गभर्नर को बन्छ भन्ने अवस्था रहन्छ। बहालवाला १७ जना कार्यकारी निर्देशक मध्येबाट जो कोहि पनि डेपुटी गभर्नर बन्न योग्य हुँदा गभर्नरको रोजाइमा को पर्छ भन्ने पनि महत्वपुर्ण हुने बताउँछन्। यद्यपी अवकासको लागि विदामा बसेका निरौला र महेश्वरलाल श्रेष्ठ सिनियर भएकाले उनिहरुको लागि अवसर पनि हुने देखिन्छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved