राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2020 | 12:39:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी डा. गुणाकर भट्टले पाएका छन् । राष्ट्र बैंकले पौष १६ गतेदेखि लागू हुने गरी डा. भट्टलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । 

अर्थशास्त्रमा विद्यावारीधि गरेका उनी राष्ट्र बैंकका अनुसन्धान विभागको कार्यकारी निर्देशक समेत हुन् । 

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका लक्ष्मी प्रपन्न निरौला ३० वर्षे सेवा अवधि पूरा गरी पौष ७ गतेदेखि अवकाश बिदामा बसेपछि रिक्त रहेको प्रवक्तको जिम्मेवारी भट्टले पाएका हुन् । यसअघि वरियताको आधारमा राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी दिने प्रचलन रहेपनि यसपटक भने वरियतामा अगाडी रहेका आन्तरिक लेखा परीक्षण विभागका कार्यकारी निर्देशक रहेका भुवन कँडेलले जिम्मेवारी नपाएर भट्टले पाएका हुन् ।

यस्तो छ राष्ट्र बैंकको प्रेस समाचारः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved