डेपुटी गभर्नर श्रेष्ठले बुझाए २ सय पेजको स्पष्टीकरण , अबको बाटो के ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2020 | 06:29:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका निलम्बित डेपुटी गभर्नर शिवराज शिवराज श्रेष्ठले स्पष्टिकरण बुझाएका छन् । श्रेष्ठले बिहिबार आफुलाई लागेको आरोप खण्डन गर्दै अर्थसचिव डा.राजन खनाललई स्पष्टिकरण बुझाएका हुन ।

उनले करिब २०० पृष्ठको स्पष्टीकरण बुझाएको स्रोतले जनाएको छ । उनले आफुमाथि लागेको सबै आरोप झुटो रहेको भन्दै प्रत्येक आरोपको खण्डन गरेकाको बताईएको छ । 

उनको स्पष्टिकरण चित्त बुझ्दो नभएको अवस्थामा सरकारले उनलाई बर्खास्त गर्न सक्नेछ। सरकारले बर्खास्त गर्ने निर्णय गरेको अवस्थामा श्रेष्ठसँग अदालत जाने विकल्प रहनेछ।

राष्ट्र बैंक सञ्चालक समितिका सदस्य श्रीराम पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले दोषी किटान गरि कारवाही सिफारिस गरेपछि सरकारले श्रेष्ठसँग यहि साता आइतबार स्पष्टिकरण सोधेको थियो।  पौडेलको संयोजकत्वमा रामजी रेग्मी र सुवोध कर्ण सदस्य रहेको समितिको  श्रेष्ठ दोषी रहेको प्रतिवेदन पेश गरेको थियो।  

 श्रेष्ठमाथि बैंक तथा वित्तीय संस्थाको खराब कर्जा लुकाउन सहयोग गरेको, लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, विदेश भ्रमणका क्रममा अनावश्यक खर्च देखाएर रकम भुक्तान लिएको आरोप लागेको थियो। 

छानबिन समितिको प्रतिबेदनले ग्रान्ड बैंक (मर्जर भएर हाल प्रभु बैंक) को कर्जामा भएको घोटाला लुकाउन सघाएको, तत्कालीन एपेक्स डेभलपमेन्ट (एनसीसीमा मर्जर) बैंक कर्जा घोटालाका दोषी बचाउन सहयोग गरेको,लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको,विदेश भ्रमणका क्रममा अनावश्यक खर्च देखाएर रकम भुक्तानी लिएको आरोप पुष्टि गरेको छ।

सरकारको निर्देशनमा एक महिनाअघि राष्ट्र बैंकले श्रेष्ठमाथि समिति बनाएर छानबिन गर्न लगाएको थियो। समितिले तयार पारेको प्रतिवेदन राष्ट्र बैंक सञ्चालक समितिले पारित गरेर अर्थमन्त्रालय हुँदै मन्त्रीपरिषदमा लगिएको थियो। छानबिन समिति गठन भएपछि श्रेष्ठ निलम्बनमा परेका छन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved