बैंकर्स संघका कार्यसमितिद्वारा पदभार ग्रहण, दाहाललाई जिम्मेवारी हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2020 | 11:00:04 AM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष भुवन दाहालले पदभार ग्रहण गरेका छन। पुष १९ गते शनिबार पोखरामा आयोजित एक कार्यक्रममा दाहालले पदभार ग्रहण गरेका हुन्। 

पदभार ग्रहण गरेपनि नयाँ कार्यसमितिको पहिलो बैठक बस्न बाँकी नै रहेकाले कुनै प्रतिबद्दता नगरेको दाहालले बिजपाटीसँगको कुराकानीमा बताए। यद्दपी दाहालले आफ्नो कार्यकालमा बैंकलाई लागेका बिभिन्न आरोप चिर्नु आफ्नो पहिलो प्राथमिकता हुने बिजपाटीसंगको अन्तर्वार्तामा बताएका थिए।  

संघको साधारणसभाले एक महिना अगाडी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका दाहालको नेतृत्त्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। महिना दिन अगाडी नै दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपनी निवर्तमान अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाको कार्यकाल पुष २० गते बाट सकिएकाले दाहालले पुष १९ गते पदभार ग्रहण गरेका हुन। 

संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा नेपाल एसविआइ बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भट्नागर छन। त्यस्तै सदस्यहरुमा सनराइज बैंकका सिइओ जनक शर्मा पौड्याल, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, मेगा बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली, र एनएमबी बैंकको सिइओ सुनिल केसी चयन भएका छन् । यस्तै एनसिसि बैंकका सिइओ रमेशराज अर्याल, सिभिल बैंकका गोविन्द गुरुङ र माच्छापुच्छ्रे बैंकका सुमन शर्माको कार्यकाल बाँकी नै छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved