एनआईसीको नयाँ खाता योजना: २१ लाखको बीमा, ९.७५ प्रतिशत ब्याजदर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2020 | 09:16:47 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी बैंकले नयाँ खाता योजना ल्याएको छ । बैंकले अंग्रेजी नयाँ वर्षको अवसरमा 'न्यु सुपर चमत्कारिक योजना' ल्याएको हो ।

बैंकका अनुसार यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्ने छन् ।  खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख सम्मको बीमा सुविधा प्रदान गर्ने बैंकले जनाएको छ  । त्यस्तै १८ घातक रोगहरुको लागि १० लाख सम्मको बीमा सुविधा र  १ लाखसम्मको औषधी उपचार बीमा सुविधा पाइने बैंकले जनाएको छ ।

त्यस्तै बैंकले औषधी उपचार बीमा अन्तर्गत बहिरंग उपचारमा २० हजारसम्म र अस्पताल भर्ना वापत ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्नेछ। बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा यो योजना ल्याएको । यी बीमा सुविधाहरु वापत लाग्ने प्रिमियम बैंक स्वयंले नै तिर्ने जनाईएको छ ।

यस खातामा स्विप इन–स्विप आउट सुविधा दिने बैंकले जनाएको छ । जस अनुसार  २ लाखभन्दा बढि रकम भएमा, उक्त बढी रकमलाई १० हजारले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गरिने र सो रकममा ९.७५% सम्मको ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved