ब्याजदर घट्दा पनि कर्जा प्रवाह सुस्त, वित्तीय प्रणालीमा पर्याप्त तरलता

विजय पराजुली

विजय पराजुली

Jan 07, 2020 | 01:31:55 PM मा प्रकाशित

laxmi  sunrise bank

यसस पटक पुष मसान्त नजिकिदै गर्दा पनि वित्तीय प्रणालीमा पर्याप्त तरलता देखिएको छ । विगतको वर्षमा पुष मसान्त आउँदा बैंकहरुलाई सिसिडी व्यवस्थापनमा चुनौति देखिने गरेकोमा याे वर्ष पर्याप्त तरलता देखिएको नेपाल राष्ट्र बैंकले जनाएको हो ।

राष्ट्र बैंकका प्रवक्ता तथा अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टका अनुसार पुषको तेस्रो सातामा आउँदा वित्तीय प्रणालीमा अनिवार्य नगद मौज्दात बाहेक नै ५० अर्ब तरलता रहेको छ । यस्तै अन्तर बैंक ब्याजदर पनि १.५ प्रतिशत मात्रै रहेको उनी बताउछन् ।

सरकारले त्रैमासिक रुपमा रकम उठाउने हुँदा प्रत्येक त्रैमासको अन्त्यमा वित्तीय प्रणालीबाट अर्बौ रुपैयाँ सरकारी खातामा जम्मा हुने गर्छ। तर सरकारले अपेक्षकृत रुपमा पुँजीगत खर्च गर्न नसक्दा विगतका वर्षहरुमा पहिलो त्रैमास सुरु नहुँदै लगानीयोग्य तरलता अभाव हुने गरेकोमा यो वर्ष भने पर्याप्त तरलता देदिएको छ ।

बैंकहरु पनि चालु आर्थिक वर्षमा विगतको केही वर्ष यताको तुलनामा कर्जामा सुस्तता आएको बताउँछन् । बैंकर्स संघको अध्यक्ष भुवन कुमार दाहालले बैंकर्स संघको साधारणसभामा नै बैंकका कर्मचारीहरुले सहजै रुपमा काम गर्ने वातावरण नभएको र यसको प्रभाव कर्जा देखिएको बताएका थिए । कतिपय बैंकहरु भने ब्यवसायीले दोहोरो ब्यालेन्स सिट बनाएर बैंकमा एकाथरि देखाउने र कर कार्यलयमा अर्कोथरी देखाउने सिस्टमको अन्त्य गर्न सुरु भएको अनलाईन सिस्टमाले गर्दा पनि कर्जाको माग घटेको बताउँछन् ।

यता डलरको मुल्य वृद्धि हुँदा उद्योगिले स्टक रहेको कच्चा पदार्थबाट काम गरिरहेका छन् । आर्थिक वर्षको अन्त्यमा आयत वृद्धि हुने र आयात बढ्दा टिआर लोनको माग पनि वृद्धि हुने हुँदा कर्जाको माग बढ्ने उद्योगि बताउछन् । अटो क्षेत्रमा गरेको कडाई पनि कर्जामा सुस्तता आउनुको कारण रहेको बताइन्छ । कतिपयले बैंकले कर्जा नदिने भएपछी नाडा अटाेशोमा अर्डर गरेको गाडिको समेत बैना फिर्ता गएको अटामोबाईल ब्यवासायीको गुनासो छ ।

यता सिमेन्ट उद्योगमा ठुलो लगानी भित्रिएको तर बजार नहुँदा क्षमता विस्तार गर्ने सम्भावना नरहेकोले सिमेन्ट उद्योगमा पनि कर्जाको माग घटेको छ । निर्यातको वातावरण नबनेसम्म वा नेपाल मै माग नबढ्ने हो भने सिमेन्ट उद्योग समस्यामा पर्ने उद्योगिको भनाई छ । गत वर्षको यहि अवधिको तुलनामा कर्जाको ब्याजदर घट्दा पनि कर्जाको मागमा सुस्तता देखिएको छ । कार्तिक मसान्तमा बैंकहरुको कर्जाको औषत ब्याजदर १२.०७ प्रतिशत आधार ब्याजदर, ९.५ र निक्षेको भारित औषत ब्याजदर ६.८१ प्रतिशत रहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।

गत वर्ष यहि समयमा बैंकहरुको आधार ब्याजदर १०.२१ प्रतिशत रहेको कर्जाको भारित औषत ब्याजदर ६.४९ प्रतिशत रहेको थियो । बैंकहरुले आधार ब्याजदरमा जोड्दै आएको सम्पतिकाे प्रतिफल वापतको ०.७५ प्रतिशत आधार ब्याजदरमा जोड्न नपाउने ब्यवस्था गरेको र जसको कारण बैंकहरुले निक्षेपमा दिने भारित औषत व्याजदर ०.३१ प्रतिशतले वृद्धि हुँदा पनि आधार ब्याजदर ०.७१ प्रतिशतले घटेको छ ।

निमार्णले गति लिनुपर्ने अवस्थामा निर्माण सामाग्रिको आयात नै घटेको देखिन्छ ।  भुकम्पपछिको पुननिमार्ण गत वर्ष नै अत्याधिक भएको र यो वर्ष अन्तिम चरणमा पुग्दै गरेकोले निमार्ण  सामाग्रिको माग घट्दा आयात घटेको जानकारहरु बताउछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved