माछापुच्छ्रेको नयाँ ग्राहक सेवा केन्द्र सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2020 | 06:41:57 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  ले ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । बैंकले आधुनिक प्रविधिको ओम्नी च्यानल ग्राहक सेवा केन्द्र संचालनमा ल्याएको हो । उक्त च्यानलमा एसआईपीमा आधारित आईभीआर बैंकिङ अडियो नोट बोर्ड रहेको बैंकले जनाएको छ ।  

गुणस्तरिय सेवा विस्तारका साथै देश तथा बिदेशमा रहेका ग्राहकलाई बैंक संग सम्बन्धित सूचना आदान–प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्य भुमिका खेल्ने बैंकको विश्वास रहेको छ । ग्राहकले आवश्यक परेको जानकारी तत्काल ०१–५९७०५५५ नम्बरमा फोन गरेर प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले १४५ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी २८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १७९ वटा एटीएमहरु मार्फ सेवा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved