राष्ट्र बैंकको नीतिलाई नियमन वा नियन्त्रण जे भनेपनि हुन्छ: गभर्नर नेपाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2020 | 04:21:42 PM मा प्रकाशित

laxmi  sunrise bank

गभर्नर डा. चिरञ्जीवी नेपालले राष्ट्र बैंकले नीति ल्याउँदा सपना देखेर नल्याउने बताएका छन् । केन्द्रिय बैंकले नीति तथा निर्देशनहरु लागु गर्दा लामो समय अधयन गर्ने र राष्ट्रिय अन्तराष्ट्रिय परिवेशलाई मध्यनजर गरेर ल्याउने उनले बताए। 

काठमान्डूमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा उनले केन्द्रिय बैंकमा सरकारको कुनै हस्तक्षेप नरहेको दाबि गरे। दुई अर्बबाट बढाएर ८ अर्ब पुंजी पुर्याउँदा बैंकका संचालकले ३ वर्षमा ५० पटक भन्दा बढी संसदमा उभ्याएको भन्दै उनले त्यो पनि सरकारको निर्देशनमा नगरेको उनले बताए। 

राष्ट्र बैंकले बैंकहरुलाई सुरुमा स्वनियमन, त्यसपछी नियमन र र अनी मात्रै नियन्त्रण गर्ने गरेको बताए । केन्द्रिय बैंकले कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई बचाउन १० अर्ब खर्च गरेको स्मरण गर्दै गभर्नर नेपालले केहि बैंकहरुको गलत क्षेत्रमा लगानी भएको हुँदा त्यो अवस्था  आएको बताए। केन्द्रिय बैंकले नियमन र आवाश्यक पर्दा केही नीति पनि ल्याउनुपर्ने हुँदा यसलाई नियमन अथवा नियन्त्रण जे भनेर बुझ्दा पनि हुने उनको भनाई छ । 

पछिल्लो ४ वर्षमा १५ खर्ब रहेको बैंकहरुको निक्षेप ३४ खर्ब  र १३ खर्बको कर्जा ३० खर्ब माथि पुगेको भन्दै अर्थतन्त्रमा वित्तीय क्षेत्रको भूमिका कस्तो रहेको छ यसैले नै देखाउने उनको भनाई छ । 

विगतमा बैंकहरुले जथाभावि कर्जा लगानी गरे भनेर सुरुमा नै कर्जा र निक्षेपको योजना पेश गर्न निर्देशन दिएको उनको भनाई छ । भारत लगायतका देशले पहीलेदेखी नै गरेपनि नेपालले यो वर्षबाट सुरु गरेको र २० प्रतिशतको कर्जा विस्तारको लक्ष्य लिएकोमा २४ प्रतिशत विस्तार गर्ने राज्यको प्राथमिकतामा कर्जा लगानी गर्न बैंकहरुसँग पैसा नहुने अवस्थालाई मध्यनजर गर्दै निक्षेप संकलन गरेर यो क्षेत्रमा यति लगानी गछौ भनेर सुरुमा नै योजना बुझाउन भनेको हो । यसलाई जसरी बुझ्दा पनि हुने उनको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved