एनसीसी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2020 | 11:47:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक Nepal Credit & Commerce Bank Limited ले अन्तत: बार्षिक साधारणसभाको मिति तय गरेको छ। बैंकले आगामी १७ गतेको आफ्नो २२ औं बार्षिक साधारणसभा गर्ने जनाएको छ। 

बार्षिकसाधारणसभा प्रयोजनार्थ बैंकले माघ ७ गतेकाका लागि बुक क्लोजको मिति तय गरेको छ। जसअनुसार माघ ६ सम्म कायम सेयरधनीहरुले मात्र बैंकले गत आर्थिक बर्षबाट घोषणा गरेको १५ प्रतिशत बोनस सेयर प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन। 

हाल बैंकको चुक्तापुंजी ८ अर्ब १३ करोड छ भने बोनस सेयर वितरण पश्चात बैंकको चुक्तापुंजी ९ अर्ब ३८ करोड पुग्नेछ। बैंकले गत आर्थिक बर्षबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।७८ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो।   

त्यस्तै सभाले सर्वसाधारण समुहबाट एकजना महिला सञ्चालकको निर्वाचन गर्ने भएको छ। बैंकको नियमावलीमा भएको व्यवस्थाअनुसार यस पटक सर्वसाधारण समुहबाट एकजना महिला सञ्चालकको निर्वाचन हुन् लागेको हो। नियमावलीमा पहिलो पटक सर्वसाधारण समुहबाट र अर्को पटकका लागि संस्थापक समुहबाट महिला प्रतिनिधि हुने व्यवस्था छ।त्यस्तै सभामा अन्य बैंक वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिका लागि संचालक समितिलाई अख्तियार दिने प्रस्ताव उल्लेख छ। 


  




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved