सनराइज बैंकको ‘सन्राइज रिकरिङ्ग खाता’ संचालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2020 | 04:19:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले ‘सन्राइज रिकरिङ्ग खाता’ संचालनमा ल्याएको छ । बचत खातामा जसरी रकम जम्मा गर्दै जान सकिने उक्त खातामा मुद्घति खाता सरह व्याज पाइने बैंकले जनाएको छ । 

१ देखि ५ वर्षका लागी बचत गर्न सकिने उक्त योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गर्न मिल्ने छ । खाता खोल्दा न्युनतम बचत १ हजार र त्यसपछि एक पटकमा न्युनतम ५०० वा ५०० को गुणाका दरले जम्मा गर्दै जान सकिनेछ । 

उक्त खातामा पूर्व निर्धारित भन्दा बढी रकम ग्राहकको अनुकुलता अनुुसार पनि जम्मा गर्न सकिनेछ । खातामा जम्मा भएको रकमको ९० प्रतिशत सम्म कर्जा लिन पाइने समेत व्यवस्था रहेको बैंकले जनाएको छ । हाल बैंकले मुद्घति खातामा ९.२५% मा थप ०.५ % व्याज प्रदान गर्दै आएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved