ब्याजदरमा 'भद्र सहमति' तोडिँदै, मध्यमार्गी विकल्पको खोजीमा वाणिज्य बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2020 | 01:24:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघले ब्याजदरमा गरेको भद्र सहमति तोडेर नयाँ तरिकाले अगाडी बढ्ने तयारि गरेको छ। तरलतामा सहज अवस्था आउँदा ब्याजको दर घट्ने क्रम रहेकाले भद्र सहमतिलाई खारेज गरेर नयाँ तरिकाले अघि बढ्ने तयारि रहेको एक बैंकरले बताएका छन। 

ति बैंकरकाअनुसार धेरै बैंकहरुले बचतमा दिने ब्याजदर घटाईसकेकाले कम्तिमा पनि बचतमा दीने ब्याजदरमा भद्र सहमति हटाउने र मुद्दतीमा पुरानै सहमतिलाई निरन्तरता दिने अनौपचारिक छलफल भएको छ। यद्दपी बैंकर्स संघमा नयाँ कार्यसमिति आएपछी पूर्ण बैठक बस्न बाँकी नै रहेकाले ब्याजदरको विषयमा यसरि नै अगाडी बढ्ने भन्नेबारे कुनै औपचारिक कुराकानी नभएको उनले बताए।

पुष मसान्तको वित्तीय विवरण आएपछि त्यसको आधारमा नै ब्याजदरको बिषयमा छलफल गर्ने अनौपचारिक कुराकानी भएको ति बैंकरले बिजपाटीलाई बताए। 

तरलताको चरम अभाव भएपछि २०७५ असारमा ब्याजदरको बिषयमा गरिएको भद्र सहमति २०७५ पुष मा तोडिएको थियो। नबिल लगायतका ठुला वाणिज्य बैंकले मुद्दतीमा १३ प्रतिशत ब्याज दिने 'स्किम' ल्याएपछि अर्थमन्त्रालय र राष्ट्र बैंकको दबाबमा पुन: भद्र सहमति कायम भएको थियो। एउटा विषम परिस्तिथिमा भएको सम्झौता अहिले व्यवहारिक नभएकाले सम्झौता खारेज गर्नुपर्ने केहि बैंकरको भनाई छ।

नविल लगायतका केहि बाणिज्य बैंकका पक्षमा भएपनि पछि खुलेका नयाँ तथा साना बाणिज्य बैंकको हितमा नभएकाले भद्र सहमतिको औचित्य नभएको केहि बैंकरको भनाई छ।    

पछिल्लो समय वित्तीय क्षेत्रको कर्जामा सुस्तता आउँदा तरलता सहज भएकाले बैंकहरुले बचतको ब्याजदर घटाउँदै लगेका छन।  बैंकहरुले  बचतमा दिंदै आएको ब्याजदर घटाएका छन। स्ट्याण्डर्ड चार्टड लगायतका अधिकांश बैंकहरुले बचतमा दिने ब्याजदर घटाएका छन। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved